काठमाण्डौ – सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो ।
सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका रूपमा वर्गीकरण गरेर पहिचान गरेको छ ।
वार्षिक प्रतिव्यक्ति २२ हजार ९ सय १९ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ ।
तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन ग...
काठमाडौं, १९ असार । सरकारले ६ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो। सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका […]
काठमाडाैं । बाराकाे बारागढी गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएकाे छ । गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत गुनासाे सुनवाइ सम्बन्धी सरोकारवालाहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे पालिकाकाे प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रले बताउनु भयाे। पालिका अध्यक्ष अशाेक कुमार जयसवालले अन्तरक्रियामार्फत पालिका उपाध्यक्ष लक्ष्मी देवी […]
ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब,मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।...
ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब,मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।...
काठमाडौँ । सरकारले गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी त्यसैका आधारमा सुविधा दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पहिचान गरिएका गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी परिचयपत्रका आधारमा सुविधा दिइने बताइन् । त्यस्तै, हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई […]
पर्वत, १९ फागुन । पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरु भएको हो । गरिबीको रेखामुनि परेका परिवारहको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन् । अहिले जिल्लाका सातवटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरिएको […]
बागमती प्रदेशमा कृषि पेशामा आवद्ध नागरिकहरुलाई कृषक परिचयपत्र वितरण हुन सकेको छैन । विगतदेखि नै निरन्तर कृषि पेशामा आवद्ध प्रदेशका नागरिकहरुको पहिचान र विकासका लागि भन्दै चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमा नै लागि उक्त परिचयपत्र वितरण कार्यक्रम समावेश गरिएको थियो ।प्रदेशका १३ जिल्लाका कृषि पेशामा सक्रिय कृषकहरुलाई लक्षित गरी बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएको उक्त कार्यक्रम हालसम्म पनि कार्यान्वयनमा आउन नसकेको हो ।परिचय पत्र वितरणका लागि बागमती प्रदेश सरकारल
सशस्त्र युद्धमा पीडित गोरखाका नागरिकलाई द्वन्द्वपीडित परिचयपत्र वितरण सुरु भएको छ । संक्रमणकालीन न्यायका लागि २०७१ सालमा स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले ६ वर्षपछि पीडित पहिचान गरी परिचयपत्र वितरण सुरु गरेको हो । आयोगका अध्यक्ष गणेशदत्त भट्ट सहितको टोलीले शुक्रबार जिल्ला सदरमुकाममा २ जनालाई पीडित परिचयपत्र वितरण गरेको हो । आयोगमा जिल्लाबाट १ […]
जुमान सिंह केसी, प्युठान ।
मल्लरानीका गाउँगाउँमा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । मल्लरानी गाउँपालिका प्युठानले स्थानीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिको निर्णय अनुसार वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर सम्पन्न भएको छ ।
गाउँ पालिकामा अपाङ्गता परिचयपत्रको लागि आउँदा अपाङ्गता भएका व्यक्तिलाई अप्ठ्यारो र खर्चिलो हुने भएकोले स्थानीय स्तरमा सहज तरिकाले सेवा दिएको गाउँपालिका उपाध्याय सरिता जिसिले बताउनु भयो ।
अपाङ्गता परिचयपत्र वितरण कार्यविधि २०७५ अनुसार चार भागमा वर्गीकरण गरिएको र सोही अनुसार ब्यक्तिको अवस्था तथा गम्भीरताको पहिचान गरि परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनु भयो ।
२०७७ साल पौष १९ गतेदेखि २५ गते एक हप्तासम्म शिविर संचालन गरिएको हो । अपाङ्गताको अबस्था अनुसार पूर्ण अशक्त, अति अशक्त, मध्यम र सामन्य अपाङ्गता गरि चार भागमा वर्गीकरण गरिएको छ ।
शिविरमा वाडा कार्यालयमा मात्रै नभई विभिन्न टोलमा पुगि सेवा दिएको र कतिपय त्यहाँसम्म आउनै नसक्ने अशक्त अपाङ्गता भएका ब्यक्तिको घरमा पुगि सेवा प्रदान गरिएको महिला बालबालिका शखाका रेवती न्यौपानेले बताउनु भयो । उक्त शिविर बाट क वर्गका ५, ख वर्गका २८, ग वर्गका ३३ घ वर्गका १८ गरि जम्मा ८८ जनालाई वितरण गरिएको हो । जसमा महिला ३५ पुरुष ४९ रहेका छन् ।
एक हप्तासम्म गाउँमा संचालित शिविरमा गाउँपालिका उपाध्यक्ष सरिता जिसि, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह केसी, प्राथमिक स्वास्थ केन्द्रका डा. विक्रम थापा, महिला बालबालिका शाखाका रेवती न्यौपाने र वडा स्तरका जनप्रतिनिधि कर्मचारीको उपस्थितिमा शिविर संचालन भएको हो ।