नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको अघिल्लो दिन कांग्रेस महाधिवेशन स्थलमा चहलपहल छ ।
कांग्रेसको १४ औं महाधिवेशनको तेस्रो दिन आइतवार आइपुग्दा उम्मेदवारी मनोनयन तथा उम्मेदवारी फिर्ताको समय सकिएर अन्तिम नामावली प्रकाशित भइसकेको छ ।
सोमवार बिहान ८ बजेदेखि मतदान शुरू हुनेछ ।
मतदानको अघिल्लो दिन भृकुटीमण्डपमा आफ्नो पक्षमा भोट माग्न पुराना नेतादेखि युवा नेतासम्म दुई हात जोडेर घुमिरहेको भेटिए ।
त्यसरी भोट माग्नेमा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर का...