आपसी सहकार्य सम्बन्धमा राजदूत थम्पसनसँग छलफल

कास्की । पोखराका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच आपसी सहकार्यका विषयमा पोखरामा छलफल भएको छ । छलफलमा होटेल सङ्घ पोखरा नेपालका महासचिव राजेन्द्र ढकाल र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका सम्बन्धमा जानकारी गराएका थिए ।

सम्बन्धित सामग्री

व्यापार सहजीकरणका लागि चेम्बरको आग्रह

काठमाडौं। सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणमा सघाउन नेपाल चेम्बर अफ कमर्सले चिनियँ राजदूतसँग आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसँगको सीमामा स्तरीय पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो । काठमाडौंको जमलस्थित भवनमा सोमवार चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो । ‘चीन नेपालको मुख्य व्यापारिक साझेदार राष्ट्र हो, दुई देशको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण गर्न आवश्यक छ,’ राजदूत छनसँगको भेटवार्तामा अध्यक्ष मल्लले भने, ‘केरुङसम्मको सडक निर्माणका लागि पहल गर्न पनि आग्रह गर्दछु, ।’ चीनसँग नेपालको व्यापार खाडल उच्च रहेको भन्दै अध्यक्ष मल्लले नेपाली वस्तुको निर्यात वृद्धिका लागि पहल गरिदिन चिनियाँ राजदूत छनलाई अनुरोध गरे । नेपालले गतवर्ष चीनबाट वार्षिक २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने १ अर्ब ७६ करोड रुपैयाँ हाराहारीमा गरेको छ । नेपालको जलविद्युत्, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । दुई मुलुकबीच व्यापार एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधि बढाउनुपर्नेमा उनले जोड दिए । चेम्बरका पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत छनले नेपाल चिनियाँ सहयोगको उच्च प्राथमिकतामा रहेको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि राज्यको नीति स्थिर हुनुपर्ने र यसका लागि निजीक्षेत्रले पनि पहल गर्नुपर्ने उनको भनाइ थियो । नेपाल जलविद्युत्मा आत्मनिर्भर हुने क्रममा रहेको भन्दै राजदूत छनले विद्युतीय सवारीसाधनलाई उच्च प्राथमिकतामा राखेर इन्धनको आयातबाट हुने व्यापार घाटा कम गर्न सुझाव दिए । ‘नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको छ,’ उनले भने, ‘यसलाई उद्योगको रूपमा विकास गरेर अघि बढाउनुपर्छ ।’

आयुक्त थपलिया र नेपालका लागि जापानका राजदूत युताका किकुताबीच भेट

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग नेपालका लागि मित्रराष्ट्र जापानका महामहिम राजदूत युताका किकुताबीच भेट भएको छ। थपलिया र किकुताबीच बुधबार भेटवार्ता भएको हो। उक्त भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भयो।

प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानी राजदूतबीच भेटवार्ता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् । निर्वाचन आयोगमा बुधबार भएको उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको  निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको छ । प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई आग्रह गरेका छन् । –न्युज कारखाना

प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानी राजदूत युताकाबीच भेटवार्ता

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् । निर्वाचन आयोगमा बुधबार भएको उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको छ । प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत […]

प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् । निर्वाचन आयोगमा बुधबार भएको उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको  निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको छ ।  प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई […]

ढाकामा नेपाल-बांग्लादेश ऊर्जा सहकार्यका लागि छलफल

नेपाल र बांग्लादेशबीच ऊर्जा सहकार्यका लागि छलफल भएको छ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका ऊर्जा राज्यमन्त्री नसरुल हमिदसँग मंगलबार भएको भेटवार्तामा दुई मुलुकबीच ऊर्जा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो ।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : यस्ता छन् नेपालका एजेन्डा

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणका बेला नेपालले चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनादेखि पारवहनसम्मका एजेन्डालाई जोडतोडले उठाउने तयारी गरेको छ । अर्थ, गृह, पर्यटन, कृषि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग समन्वय गरी भ्रमणको एजेन्डा तय गर्न लागिएको हो । अर्थ मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्रीको भ्रमणमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनका लागि नेपालले तयार पारेको योजनाबारे छलफल गर्ने तयारी छ । नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेको ५ वर्ष भइसकेको छ । तर, अहिलेसम्म बीआरआईअन्तर्गत कस्ता परियोजना सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन । नेपाल सरकारले बीआरआईअन्तर्गत सडक निर्माण, स्तरोन्नति, केरूङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन, जलविद्युत्को परियोजना प्रस्ताव अगाडि बढाएको छ । तर, दुईपक्षीय रूपमै यी आयोजना कहिले कसरी अगाडि बढाउने भन्ने समझदारी भएको छैन । २०७६ असोज २५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा पनि नेपाल र चीनबीच यातायात सञ्जालसम्बन्धी भौतिक पूर्वाधार, कृषि जलविद्युत्, शिक्षा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा १८ ओटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर, ती सम्झौता र समझदारीलाई अगाडि बढाउन दुवै पक्षबाट प्रभावकारी पहल नभएका बेला यी मुद्दालाई जोडतोडले उठाउने गरी सरकारी निकायहरूले तीव्र तयारी गरेका छन् । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा उठाउनुपर्ने एजेन्डाबारे अर्थले प्रारम्भिक खाका बनाई परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको साढे २ वर्षअघि सम्पन्न नेपालको राजकीय भ्रमणमा घोषणा भएको ५६ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग कार्यान्वयनबारे पनि यो भ्रमणमा कुराकानी हुनेछ । २०७६ असोज २५ मा दुईदिने राजकीय भ्रमणमा काठमाडौं उत्रिएका सीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको औपचारिक भेटवार्तामा उक्त अनुदान सहायता घोषणा गरेका थिए । उक्त अनुदान सहयोग कार्यान्वयनका लागि सहयोग सम्झौतामा हस्ताक्षर हुनुपर्ने हुन्छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उक्त सहयोग रकम खर्चिने नेपाल सरकारको सोचअनुसार यो एजेन्डा प्रस्तुत गर्ने तयारी छ । भ्रमणमा नेपालले नेपाली वस्तुको चीनमा सहज पहुँचका लागि आग्रह गर्नेछ । कोरोना महामारीका कारण ठप्प रसुवागढी र तातोपानी नाकाबाट अझै पनि नेपालले चीनतर्फ सामान निर्यात गर्न सहज परिस्थिति बनेको छैन । चीनबाट नेपालतर्फको आयात पनि सहज हुन सकेको छैन जसका कारण चीनबाट सामान आयात गर्ने व्यवसायीले सास्ती बेहोरिरहेका छन् ।  नेपालको चीनतर्फको बढ्दो व्यापारघाटा लगायत आर्थिक विषयमा पनि भ्रमणमा छलफल हुनेछ । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षरको तयारी पनि गरिएको छ । एउटा समझदारी पत्र कृषिक्षेत्रमा दुई देशबीचको सहकार्य सम्बन्धमा छ । सरकारले चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणको तयारी गरेसँगै चीनसँग कूटनीतिक तहमा विषय सुल्झाउनुपर्ने विषयहरूको खाका परराष्ट्र मन्त्रालयले बनाइरहेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले दुईदेशीय सम्बन्धदेखि व्यापारीक साझेदारीका विषयसम्मका एजेन्डालाई प्रस्तुत गर्नेगरी गृहकार्य तीव्र पारिएको बताइन् । उनका अनुसार चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण चैतको दोस्रो सातासम्ममा हुने सम्भावना बलियो छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमणको मितिका विषयमा छलफल तीव्र पारेको नेपालका लागि चिनियाँ दूतावासका एक उच्च अधिकारीले बताए । ‘विदेशमन्त्रीको भ्रमण चैतको पहिलोदेखि दोस्रो साताभित्र गर्नका लागि कूटनीतिक प्रक्रिया अघि बढिसकेको छ,’ दूतावास स्रोतले भन्यो । भ्रमणबारे जानकार परराष्ट्रका एक उच्च अधिकारीका अनुसार चैत १२ वा १३ गतेका दिन विदेशमन्त्री वाङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुग्नेछ । चिनियाँ विदेशमन्त्रीको टोलीमा आधा दर्जन सहायकस्तरका चिनियाँ सरकारी अधिकारी रहने प्रारम्भिक जानकारी आएको परराष्ट्र स्रोतको भनाइ छ । गत मंगलवार टर्की भ्रमणमा उड्नुअघि परराष्ट्रमन्त्री खड्काले विभिन्न मन्त्रालयका उच्च कर्मचारीलाई डाकेर चिनियाँ विदेशमन्त्रीको भ्रमणको तयारी गर्न निर्देशन दिएका थिए । त्यसको १ दिनअघि सोमवार नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री खड्कासँग टेलिफोन संवाद गरी चिनियाँ विदेशमन्त्री वाङको भ्रमण तयारीबारे कुराकानी गरेकी थिइन् । यस्तै गत शुक्रवार चिनियाँ राजदूतले गृहमन्त्री बालकृष्ण खाणसँग भेटेर विदेशमन्त्री वाङको आसन्न नेपाल भ्रमणबारे कुराकानी गरेकी थिइन् । चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणका बेला नेपालले बीआरआईदेखि नाकालाई सहज बनाउनेसम्मका एजेन्डलाई प्रस्तुत गर्नुपर्ने विज्ञ तथा निजीक्षेत्रका प्रतिनिधीहरूको जोड छ । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणबारे विज्ञहरू के भन्छन् ? २०१३ बाट बीआरआई शुरू भयो । २०१५ मा नेपालमा नाकाबन्दी लाग्यो । त्यो बेला नेपालले भाग लियो । त्यसपछि चारओटा बन्दरगाहहरू उपयोगमा ल्याउन पाउने, सडकहरू विस्तार गर्ने, इन्धन ल्याउनेसहित अरू सुविधा पाउनेबारे पनि छलफल भयो र १३/१४ ओटा नाकामध्ये प्रमुख नाकाहरू खोल्ने र सडक सञ्जालसँग जोड्ने पाटो बीआरआईको हुनेछ भन्ने कुराकानी भयो । तर, बितेको ७ वर्षसम्म कुनै प्रगति देखिएन । यसै मुद्दालाई नेपालले जोडतोडले उठाउन सक्नुपर्छ । हरि रोक्का अर्थ–राजनीतिक विश्लेषक चीनतर्फका नाकाबाट हुने आयातनिर्यातमा अवरोध हुँदा व्यापारीहरूले धेरै दु:ख पाएको अवस्था छ । निजीक्षेत्रको एउटै माग उत्तरतर्फका नाका सहज गर्न सरकारले विशेष पहल गर्नुपर्छ । अन्य चिनियाँ सहयोग लिनुपर्ने भए देशहितलाई ध्यानमा राखेर सरकारले अध्ययन गरी चिनियाँ विदेशमन्त्रीसमक्ष प्रस्ताव राख्नुपर्छ । राजेन्द्र मल्ल अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श नेपाल र चीनका बीचमा अत्यन्तै ठूलो व्यापारघाटाको खाडल छ । नेपालबाट निर्यात शून्य छ जबकि आयातमा चीन नेपालको भारतपछिको दोस्रो ठूलो मुलुक हो । यसरी व्यापारघाटा असन्तुलित छ, यो मुद्दालाई नेपाल सरकारले उठाउनुपर्छ । पारवाहन मार्गको उपयोग गर्नेबारे सही त भयो तर पारवाहन मार्गको उपयोग गर्ने कसरी हुन्छ भन्ने थाहा छैन । पारवाहनलाई प्रयोगमा ल्याउने एजेन्डा उठाउनुपर्छ । पुरुषोत्तम ओझा पूर्ववाणिज्य सचिव नेपाल र चीनका बीचमा अत्यन्तै ठूलो व्यापारघाटाको खाडल छ, नेपालबाट निर्यात शून्य छ जबकि आयातमा चीन नेपालको भारतपछिको दोस्रो ठूलो मुलुक हो । यसरी व्यापारघाटा असन्तुलित छ, यो मुद्दालाई नेपाल सरकारले उठाउनुपर्छ । पारवाहन मार्गको उपयोग गर्नेबारे सही त भयो तर पारवाहन मार्गको उपयोग गर्ने कसरी हुन्छ भन्ने थाहा छैन । पारवाहनलाई प्रयोगमा ल्याउने एजेन्डा उठाउनुपर्छ ।

अमेरिकी राजदूतलगत्तै चिनियाँ राजदूतले पनि भेटिन् परराष्ट्रमन्त्री खड्का

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटेलगत्तै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले समेत भेटवार्ता गरेकी छन् । नवनियुक्त परराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेट गर्न राजदूत होउ सोमवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी हुन् । मन्त्रालयका अनुसार मन्त्री खड्का र राजदूत होउबीच द्विपक्षीय विविध विषयमा छलफल भएको छ । कोरोना भाइरस विरुद्धको खोप सम्बन्धमा सहकार्य गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।   H.E. Ms Hou Yanqi, Ambassador of the ...