कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने

कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने भएको छ । विजयादशमी अवसरमा असोज १८ र १९ गते दूतावास बन्द रहने भएको हो । २ दिन दूतावासमा हुने कुनै पनि किसिमका कामहरू नहुने दूतावासले जनाएको छ । २० गतेदेखि पूर्ववत् रूपमा खुल्ला रहने र नियमित काम सुचारू गरिने दूतावासले एक सूचना जारी गरेर जानकारी दिएको छ । विजयादशमीको अवसरमा कतारमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । कतारमा रहेको विभिन्न संघ संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन् ।

सम्बन्धित सामग्री

फिनल्यान्ड, स्विडेन र नर्वेमा नेपाली दूतावासको घुम्ती सेवा

नेपाली दूतावास डेनमार्कले फिनल्यान्ड, नर्वे र स्विडेनमा बसोबासरत नेपालीहरूका लागि ७ दिने घुम्ती शिविर सञ्चालन गरेको छ । जुलाई २ तारिख शनिबारदेखी सुरु भएको शिविर स्विडेनमा २ दिन र फिनल्यान्डमा ३ दिन सञ्चालन भइसकेको छ भने नर्वेमा २ दिन सञ्चालन हुनेछ ।  जुलाई ४ देिख ६ सम्म फिनल्यान्डको राजधानी हेल्सिन्कीमा सम्पन्न शिविरमा करिब २०० जनाले राहदानी आवेदन दिएको नेपाली दूतावास डेनमार्कले जानकारी दिएको छ ।  नेपाली दूतावासको कार्यक्षेत्रका मुलुकमा गई त्यहाँ रहेका नेपालीहरूलाई राहदानी लग