फिनल्यान्ड, स्विडेन र नर्वेमा नेपाली दूतावासको घुम्ती सेवा

नेपाली दूतावास डेनमार्कले फिनल्यान्ड, नर्वे र स्विडेनमा बसोबासरत नेपालीहरूका लागि ७ दिने घुम्ती शिविर सञ्चालन गरेको छ । जुलाई २ तारिख शनिबारदेखी सुरु भएको शिविर स्विडेनमा २ दिन र फिनल्यान्डमा ३ दिन सञ्चालन भइसकेको छ भने नर्वेमा २ दिन सञ्चालन हुनेछ ।  जुलाई ४ देिख ६ सम्म फिनल्यान्डको राजधानी हेल्सिन्कीमा सम्पन्न शिविरमा करिब २०० जनाले राहदानी आवेदन दिएको नेपाली दूतावास डेनमार्कले जानकारी दिएको छ ।  नेपाली दूतावासको कार्यक्षेत्रका मुलुकमा गई त्यहाँ रहेका नेपालीहरूलाई राहदानी लग