काठमाडौं : स्वदेशमा रोजगारीको अवसर नपाएर रोजीरोटीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीहरू समस्यामा पर्न थालेका छन्। एकजना नेपाली वैदेशिक रोजगारीमा जाने तयारी गर्दादेखि नेपाल फर्कने बेलासम्म विभिन्न किसिमको ठगीमा पर्ने गरेका छन्। सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली व्यक्ति तथा म्यानपावर कम्पनीबाट बार्षिक ३ अर्ब ठगी हुने गरेको छ। त्यस्तै सरकारले ७ वर्ष अगाडिदेखि लागु गरेको फ्रि भिसा फ्रि टिकट (१० हजारमा) नेपाली हालसम्म उड्न पाएका छैनन्। अ