धनुषा – जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी हुनुभएको छ । सत्ता गठबन्धनले जनकपुरधामको मेयर पदमा कांग्रेसको उम्मेदवार नउठाउने निर्णय गरेपछि पार्टीमा विद्राेह गरेर स्वतन्त्र उम्मेदवार बन्नुभएका साहले १३ हजार चार सय ६५ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शिवशंकर साहले नौ हजार पाँच सय ३२ मत पप्त गर्नुभएको छ । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार लाल किसोर साहले पाँच हजार एक सय ९४ मत प्राप्त गर्नुभएको छ । ...