मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी, रोचक बन्यो अंक तालिका

कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । समूह चरणको पहिलो खेलमा साउदी अरबलाई नतिजा सुम्पिएको अर्जेन्टिनाले शनिबार राति मेक्सिकोलाई २-० गोलले हराउँदै पहिलो जित निकालेको हो । समूह ‘सी’ अन्तर्गतको खेलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गर्नुभयो । पहिलो हाफमा औसत खेल प्रदर्शन गरेको अर्जेन्टिना दोस्रो हाफमा …

सम्बन्धित सामग्री

मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

दोहा – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको गएराति भएको खेलमा अर्जेन्टिना विजयी भएको छ। अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो। समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो। जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको […]

यूएईसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

काठमाडौं । कतार फिफा विश्वकप अघि भएकाे मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार राति सम्पन्न भएकाे खेलमा अर्जेन्टिनाले यूएईविरुद्ध ५–० को जित हात पारेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरेका हुन् । त्यस्तै, जुलियन अल्भारेज , लियोनल मेस्सी र जोआकिन कोर्रेयाले १-१ गोल गरेका थिए। यूएईविरुद्ध अर्जेन्टिनाले […]

उरुग्वेविरुद्द अर्जेन्टिनाको सानदार जित

फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको हो ।अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी, रोड्रिगो डि पउल र लोउटारो मार्टिनेजले गोल गरे । जियोभानी लो सेल्सोले २ असिस्ट र मार्टिनेजले १ गोल र १ असिस्ट गरे । खेलको ७ औँ मिनेटमा लुइस स्वारेजले गोलरक्षक इमिलियानो मार्टिनेजलाई बिट गरेपनि प्रहार गर्न सकेनन् । २२औं मिनेटमा नाहितान नान्डेजको क्रसमा माटिएस भिनाको पासमा स्वारेजकै प्रहारलाई अजेन्टिनी गोलरक्षक मार्टिनेजले बचाएपछि उरुग्वे अग्रता लिनबाट बञ्चित भयो ।२६औं मिनेटमा रोड्रिगो डि पउलको पासमा लोउटारो मार्टिनेजको प्रहार पोस्ट नजिकैबाट बाहिर जाँदा अर्जेन्टिना पनि अग्रता बनाउनबाट चुक्यो । ३८औं मिनेटमा जियोभानी लो सेल्सोको पासमा गोल गर्दै कप्तान मेस्सीले अर्जेन्टिजालाई १–० को अग्रता दिलाए । ४४औं मिनेटमा रोड्रिगो डि पउलले लोउटारो मार्टिनेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।६२औं मिनेटमा लोउटारो मार्टिनेजले जियोभानी लो सेल्सोको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता ३–० बनाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा अर्जेन्टिना विजयी भयो ।जितसँगै अपराजित रहेको अर्जेन्टिना १० खेलबाट २२ अंक बनाएको छ ।