रोल्पामा माओवादी अग्रता: ७ वडा माओवादी र १ वडामा कांग्रेस विजयी
रोल्पामा मतगणना सुरु भएका अधिकांश स्थानीय तहमा माओवादीले अग्रता लिएको छ। जिल्लाको एक मात्र नगरपालिकामा माओवादीका सुरेन्द्र थापाघर्तीले ७ सय ८६ मत ल्याउँदा कांग्रेसका शेरबहादुर थापाले ३ सय २१ र एमालेका घनस्याम आचार्यले ४८ मत प्राप्त गरेका छन्।...
बर्दिया : मधुवन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले नेकपा (माओवादी केन्द्र) का लक्ष्मीप्रसाद शर्मालाई पराजित गरेका हुन् । भाटले आठ हजार ७७५ तथा शर्माले सात हजार ९३१ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत तथा माओवादी केन्द्रकी सुभद्रा चौधरीले सात हजार ८९९ मत प्राप्त गरिन् । […]
४ मुगु, जेठ । जिल्लाको खत्याड गाउपलिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन् । अध्यक्षमा माओवादीका अजबहादुर शाहीले ३५२१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले एमालेका लालबहादुर मल्ललाई ९०० मतान्तरले पराजित गरेका हुन् । निकटतम् प्रतिस्पर्धी एमालेका मल्लले २६२१ मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया ४५४८ मतका […]
४ जेठ, डोटी । डोटीको केआईसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । सहायक निर्वाचन अधिकृत धर्मराज उपाध्यायले दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार लोकेन्द्रबहादुर शाही ४२६२ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले २६२१ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा पनि […]
रोल्पा। रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ, भने गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादीका सुरेन्द्र थापा घर्तीले ७६०३ मत प्राप्त गरी विजयी हुनुभएकभएका […]
रोल्पाको लुंग्री गाउँपालिकामा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएका छन् । लुंग्री गाउँपालिकामा यसअघिको कांग्रेस सत्ता उल्टाउँदै माओवादी केन्द्र विजयी भएको हो । विजयी माओवादीका भरतकुमार थापाले चार हजार...
काठमाडौं, जेठ ३। डडेल्धुराका सात वटा स्थानीय तहमध्ये मत परिणाम सार्वजनिक भएका ६ वटा स्थानीय तहमा नेपाली कांग्रेसले चार र माओवादीले दुई स्थानीय तहमा जित हात पारेको छ।परशुराम नगरपालिकाको भने अन्तिम मत परिणाम आउन बाँकी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस […]
सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिम बहादुर रावतले ३ हजार ३ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।...
सल्यान : त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ।कांग्रेसका खिमबहादुर रावत अध्यक्षमा निर्वाचित भएका छन्। उनले तीन हजार ३६९ मत ल्याएर प्राप्त गरे। उनका प्रतिस्पर्धी पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीका डिल्ली केसीले दुई हजार ९७ मत ल्याए। उपाध्यक्षमा कांग्रेसकी सीता खड्का पुन तीन हजार १८६ मत ल्याएर विजयी भएकी हुन। निकटतम प्रतिद्वन्द्वी पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका राजेन्द्रबहादुर थापाले २ हजार ३५ मत ल्याए। ६ वडा रहेको त्रिवेणीमा वडा
साेलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो । अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत १६४८ मतका साथ निर्वाचित हुनुभयो । एमालेका प्रकाश कार्कीले १५२० र माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाउनुभएको छ ।
उपाध्यक्षमा कांग्रेसकी अञ्जु नाछिरिङ राई १६६९ मत ल्याउर विजयी हुनुभयो। एमालेकी मनसरि राईले १६३४ र माओवादी केन्द्रकी सरस्वती राईले ११८५ मत पाउनुभएको छ ।