काठमाडौं : गण्डकी प्रदेशले आइतबार मुख्यमन्त्री पाउने भएको छ । विश्वासको मत प्राप्त गर्न नसकेी निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएपछि संविधानको धारा १ सय ६८ को उपधारा ३ अनुसार प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको हो। प्रदेशमा २७ सांसद सहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आज नयाँ सरकार गठन हुने र त्यो गठबन्धनका दलहरूबीचको सहमतिअनुसार हुने बताए। केन्द्रमा भएको गठबन्धन अनुसार यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन