नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी स्मार्ट मिटर जडानका विभिन्न योजना अघि सारेको छ । काठमाडौँका दुई वितरण केन्द्र मातहत करिब एक लाख स्मार्ट मिटर जडान जारी राखेको प्राधिकरणले उपत्यकाभर र क्रमिक रूपमा देशभर नै स्मार्ट मिटर प्रणाली जडान गर्ने सोचका साथ काम थालेको छ ।
प्राधिकरणले रत्नपार्क र महाराज वितरण केन्द्र मातहतका सम्पूर्ण पुराना ग्राहक मिटर स्मार्टले प्रतिस्थापन गर्न सुरु गरेको हो । एसियाली विकास बैङ्कको सहुलियतपूर्ण कर्जाबाट काठमाडौँ उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत हालसम्म करिब ५२ हजार थान स्मार्ट मिटर जडान भइसकेको जनाइएको छ । सो क्षेत्रअन्तर्गत ९७ हजार ग्राहक छन् ।