बैङ्किङ कसुर मुद्दाकाे फरार पवित्रा श्रेष्ठ पक्राउ

काठमाडौं : बैंक खातामा रकम नभएको चेक दिने पवित्रा श्रेष्ठलाई प्रहरीले पक्रेको छ। चेक बाउन्स मुद्दामा अदालतबाट सजाय सुनाइएकी श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट कसुरदार ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरेको जनाएको छ। काठमाडौं पुरानो बानेश्वरकी श्रेष्ठलाई पेप्सीकोलाबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।श्रेष्ठले नबिल बैङ्कको खातामा पैसा नभएको १४ लाख रुपैयाँको चेक दिएर झुक्याएको उच्च अदालत पाटनले ठहर गरेको थियो। 

सम्बन्धित सामग्री

सात करोड ठगेर फरार रहेका चन्दन समातिए

महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा दमक नगरपालिका-७, कृष्णमन्दिर बस्ने वर्ष २९ को चन्दन जिन्दललाई बिहीबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको छ । झापा, बारा, पर्सा, सर्लाही बस्ने विभिन्न व्यक्तिहरूलाई विभिन्न बहानामा ठगी गरी फरार रहेको चन्दन जिन्दलविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैङ्किङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।