५ मंसिर, गोरखा । निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् । सोमबार चाइनिजधारा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताए । यो […]
४ मंसिर, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । पालुङटार नगरपालिका-१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानका लागि आजै गोरखा आएका भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।
काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गरेर गोरखा पुगेका छन् । आफू चुनाव लडेको गोरखा २ का विभिन्न मतदान केन्द्रमा अवलोकन गर्न विहानै गोरखा पुगेका हुन् । गोरखा पुग्नुअघि दाहालले चितवनमा मतदान गरेका थिए । दाहालको सचिवालयले उनी गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ कुन्दुरटार मतदान केन्द्रको अवलोकनमा […]
काठमाडौं– गोरखा क्षेत्र नम्बर १४६ मतदान केन्द्र रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । ९३ वटा मतदान स्थल रहेको सो क्षेत्रमा कूल १ लाख ५ हजार २४० मतदाता छन् । जसमध्ये ५२ हजार ९९ पुरुष र ५२ हजार ८४१ जना महिला मतदाता रहेका छन् । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट […]
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखामा पुगेर मतदान गर्नुभएकाे छ । स्थानीय तह निर्वाचन शुक्रबार बिहान ७ बजेबाट सुरु भएको निर्वाचनमा उहाँले मतदान गर्नुभएकाे हाे। उहाँले आफ्नो गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि बूथमा पुगेर मतदान गर्नुभएको छ ।
काठमाडौं– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा पुगेर मतदान गरेका छन् । गोरखाको सिरानचोक गाउॅंपालिकाको जौबारीस्थित परोपकार आदर्श माविको मतदानस्थलमा पुगेर नेता श्रेष्ठले मतदान गरेका हुन् ।
गोरखा- शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गोरखाको एक मतदान केन्द्र महिला कर्मचारीहरूबाट मात्रै सञ्चालन हुँदैछ । गोरखा नगरपालिका-६ स्थित बालमन्दिर मावि छहरेको मतदान केन्द्र नमुनाको रूपमा महिला कर्मचारीबाट मात्रै सञ्चालन गरिने निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रबीलाल सुवेदीले जानकारी दिए । उक्त मतदान केन्द्रमा ९ सय ८० जना मतदाता रहेका छन् । त्यहाँ मतदान अधिकृतदेखि […]