प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश, वकिल र कर्मचारीलाई पनि बाँकी राखेनन्

विहार (एजेन्सी) – विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एकजना न्यायाधीशलाई निर्धात कुटेका छन्। मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले न्यायाधीशलाई कुटेका हुन्। बिहीबार दिउँसो दुईजना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए। आक्रमणअघि उनीहरुले न्यायाधीशमाथि बन्दुक तेर्साएका थिए। सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाइ गरिरहेका थिए। […]

सम्बन्धित सामग्री

अदालतकी कर्मचारी कुट्ने वकिल पक्राउ

प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना वकिललाई पक्राउ गरेको छ ।

अदालतकी कर्मचारी कुट्ने वकिल पक्राउ

प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना वकिललाई पक्राउ गरेको छ ।

‘सानु भण्डारीले ल्याकत राख्थे भने राजदूत भएरै अमेरिका जान्थे होला नि !’

२४ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणका आरोपी सानु भण्डारीका वकिलले भण्डारी आफैं पीडित भएको जिकिर गरेका छन् । तर, उनलाई मुख्य योजनाकार भन्दै प्रहरीले अभियोग पत्र पेश गरेको भन्दै उनका वकिल विनोद शर्माले अनुसन्धान आधारहीन भएको बताएका छन् । ‘उनी त्यति शक्तिशाली भएको भए एउटा अधिकृत जस्तो कर्मचारीलाई चाकडी गरेर बस्नुपथ्र्यो ? प्रधानमन्त्री, उपप्रधानमन्त्री, […]

वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडाैं । डिजिटल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले डिजिटल वालेट ‘खल्ती’ का कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर रहेका छन् । उनीहरु विरुद्धको ठगी मुद्दामा सरकारी वकिल कार्यालय काठमाडौँले […]

सरकारी वकिललाई मुद्दाको बोझ

काठमाडौं, माघ २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी वकिलको पारिश्रमिक सेवा सम्बन्धी ऐन छिट्टै ल्याउने प्रतिबद्धता जनाएका छन्। महान्यायाधिवक्ताको कार्यालयको अवलोकन र सरकारी वकिल, कर्मचारीलाई सम्बोधन गर्दै सोमबार ऐन बनाउने प्रतिबद्धता जनाएका हुन्। ‘संविधानको धारा १६१ मा भएको व्यवस्थाअनुसार सरकारी वकिलहरूको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धी कानुन बनाउन सरकारले विशेष पहल गर्नेछ’ उनले भने। संविधानमा […]

चुनढुङ्गा उत्खनन सम्बन्धी भ्रष्टाचार मुद्दामा तीन कर्मचारी साधारण तारिखमा रिहा

काठमाडौँ। सिमेन्ट उद्योग सञ्चालनका लागि भएको चुनढुङ्गा उत्खनन सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तीन कर्मचारीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । सरकारी वकिल चन्द्रकुमार पोखरेल, लेखा अधिकृत श्रीभद्र गौतम र भूगर्भविद् शौनक भण्डारीलाई साधारण तारिखमा रिहा गरेको हो । विशेष अदालतका सदस्यहरू रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनीहरूलाई नियमित तारिखमा […]

पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीलाई कैद सजाय

काठमाडौं : बालककले ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी एक कर्मचारीलाई कैद सजायको फैसला सुनाइएको छ।कास्की जिल्ला अदालतले अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय, पीडितलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति, एकहजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ भराउने फैसला सुनाएको हो।कास्की जिल्ला अदालतका श्रेष्तेदार नवराज दंगालका अनुसार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो फैसला सुनाएका हुन्। सरकारी वकिल कार्यालयले नेपालीविरुद्ध बालबालिका विरुद्धको

महराले पाए उच्च अदालतबाट पनि सफाई

काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणीको मुद्दामा उच्च अदालत पाटनले जिल्ला सफाई दिएको छ। न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर गरेको हो। संसद सचिवालयकै कर्मचारीलाई बलात्कार गरेको अभियोगमा महरामाथि चलेको मुद्दा जिल्लाबाट सफाइ पाएका थिए। त्यसपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए।

न्याय परिषद्‌द्वारा २२ जिल्ला न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषद्को बैठकले २२ जना कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। कानुन, न्याय र सरकारी वकिल समूहबाट न्यायाधीश सिफारिस भएको हो।    सरकारी वकिल समूहबाट ५, न्याय समूहबाट १४ तथा कानुन ...