मधेश प्रदेश सरकारका मन्त्री चढ्ने गाडीको ठक्करबाट सर्लाहीमा तीन युवक घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भीर छ । सर्लाहीको बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने मधेश प्रदेश ०२–००१ झ ०२४० नम्बरको जिपले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएका हुन् ।