काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थायित्व भएसँगै सरकार आर्थिक वृद्धिको यात्रातर्फ अघि बढेकाे बताएका छन्। बुधबार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताएका हुन्। विषम परिस्थितिमा लगानी बोर्डले लगानी भित्र्याउने उल्लेख्य गर्दै भने, ‘राजनीतिक स्थायित्व भएसँगै आर्थिक वृद्धिको यात्रातर्फ सरकार अघि बढेको छ। राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गरा