कोभिडसँगै चीनतर्फ ‘पर्यटन मार्केटिङ’ ठप्प

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको चीनतर्फ नेपालको पर्यटन मार्केटिङ अर्थात् प्रचारप्रसार र प्रर्वद्धनको काम विगत २ वर्षदेखि ठप्प भएको छ । भारतपछि नेपालमा चीनबाट आउने पर्यटकको संख्या उच्च भए पनि कोरोनाको शुरुवाती चरणदेखि नेपालका पर्यटन व्यवसायीहरूले उक्त देशमा नेपालको प्रचारप्रसार तथा मार्केटिङका कुनै पनि कार्य सञ्चालन गर्न पाएका छैनन् । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी हुँदै गर्दा यसको प्रचारप्रसार गर्न भन्दै नेपालका सरकारी अधिकारी तथा पर्यटन व्यवसायीसहितको टोली सन् २०१९ नोभेम्बरको पहिलो हप्ता चीनतर्फ गएको थियो । त्यसयता हालसम्म चीनतर्फ नेपालले कुनै पनि प्रचारप्रसारका कार्यक्रमहरू लैजान सकेको छैन । पर्यटन व्यवसायीहरूले कोरोना भाइरसका बीच अपनाइएका बन्दाबन्दी, निषेधाज्ञाजस्ता मापदण्डका कारण र चीनमै कडा नीति अपनाइँदा प्रचारप्रसारका लागि जान नसकेको बताए । होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यले सन् २०१९ को अन्तिममा भ्रमण वर्षको प्रचारप्रसारका लागि गएको भए पनि त्यसयता जान नसकिएको बताए । कोरोना भाइरस संक्रमणकै कारण ल्याइएका नीतिलाई पालना गर्दा त्यसतर्पm जान नसकेको भए पनि अबको बजार रणनीतिमा चीनतर्फ पनि प्रचारप्रसारलाई जोड दिन आवश्यक भएको बताए । ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ सूचकांकमा सन् २०१९ मा नेपालमा भ्रमणमा आउने पर्यटकको संख्याको दोस्रो स्थानमा रहेको चीनलाई उछिन्दै सन् २०२० मा भने म्यानमार दोस्रो स्थानमा उक्लेको छ । सन् २०१६ देखियता चीनबाट आउने पर्यटकको संख्या हेर्दा क्रमशः बढेको देखिएको छ । तर, कोभिड देखिएको वर्ष सन् २०२० यता भने यो संख्या अत्यन्त न्यून भएको छ । सन् २०१९ मा झन्डै १ लाख ७० हजार पुगेको चिनियाँ पर्यटकको संख्या सन् २०२० मा १९ हजार आसपासमा रहेको छ, भने सन् २०२१ को नोभेम्बरसम्ममा आउँदा नेपालमा जम्मा ३ हजार २३९ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२१ म अन्य देशका पर्यटक बढे पनि चिनियाँ पर्यटक आगमनमा सुधार हुन भने सकेको छैन ।  

सम्बन्धित सामग्री

अरुण तेस्रो परियोजनाको काम ठप्प

काठमाडौं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युतगृहको काम ठप्प भएको छ । अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका छन् । स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युतगृहस्थल र प्रवेशमार्गको काम ठप्प छ । अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले […]

जग्गा वर्गीकरण नगर्दा कारोबार ठप्प

स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा पर्वतमा जिल्लाभर कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार ठप्प भएको छ। जिल्लाको जलजला गाउँपालिकाबाहेक ६ स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाटदेखि बिक्रीवितरण ठप्प भएको हो। भूउपयोग ऐन, २०७६...

निगमको आन्तरिक उडान ठप्प

१४ कात्तिक, काठमाडौं । उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो । निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ […]

सडक भासिँदा आवागमनमा ठप्प

तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ।

टिमुरेमा सुक्खा बन्दरगाह निर्माण ठप्प

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ठप्प भएको छ । बर्सातको समयमा काम गर्न नसकिने भन्दै कामदारसहित चिनियाँ ठेकेदार चीन फर्किएसँगै बन्दरगाह निर्माणको काम ठप्प भएको हो ।   गत २८...

सुरुङमार्ग निर्माणकार्य छ दिनदेखि ठप्प

सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी दिए । उनले भने, “आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गर्नुका साथै गाडीलगायतका भौतिक संरचनामा समेत हानि पुर्‍याएको भन्दै जापानी निर्माण

नागढुंगा सुरुङमार्गको निर्माण ठप्प

२ वैशाख, काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण ठप्प भएको छ । चन्द्रागिरी नगरपालिका-२का स्थानीय बासिन्दाले विभिन्न माग राख्दै २८ चैतमा जापानिज प्राविधिक बस्ने क्याम्प र कार्यालयमा तोडफोड गरेपछि काम ठप्प भएको हो । सडक विभागका महानिर्देशक शिवहरि सापकोटाका अनुसार खानेपानी आयोजनामा थप सहयोग माग राखेका स्थानीयसँग छलफल भएर अघि बढ्न लाग्दा तोडफोड भएपछि निर्माणको काम […]

दुई वर्षदेखि कालिगण्डकीमा -याफ्टिङ ठप्प

पर्वत-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणका कारण कालिगण्डकी नदीमा जलयात्रा (-याफ्टिङ) ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा बहाब घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि ठप्प बनेको हो ।योे जलयात्राको पहिलो याम हो भने अर्को याम फागुदेखि जेठसम्म हुने गर्दछ । कोरोना संक्रमणका कारण विदेशी पर्यटक नआउँदा जलयात्रा ठप्प जस्तै बनेको पर्यटन व्यवसायीहरूले […]

त्रिवेणी भन्सार अझै ठप्प

पूर्वी नवलपरासी । भारततर्फको वाल्मीकि नगर भन्सार भारत सरकारले नखोलेका कारण त्रिवेणी भन्सार खुले पनि नाका ठप्प छ । वाल्मीकि नगर भन्सारले हिजो (सोमबार) बिहानबाट पैदल आउजाउ गर्न दिए पनि गाडी चल्न दिएको छैन । गाडी र सामान आउजाउमा रोक लगाइएकाले त्रिवेणी नाका ठप्प बनेको हो । भारततर्फको भन्सार नखुलेका कारण समस्या भएको त्रिवेणी भन्सार कार्यालयका प्रमुख विकास […]

सिमकोट विमानस्थलमा पाँच दिनदेखि हवाई सेवा ठप्प

लगातारकाे अविरल वर्षाका कारण हुम्लामा पाँच दिनदेखि हवाई सेवा ठप्प भएको छ । जेठ ३१ गतेदेखि लगातार वर्षा हुँदा   हवाई सेवा ठप्प भएको हो । जहाज ठप्प भएपछि दैनिक...