भरतपुर महानगरको १ करोड अनुदानमा बाँडियो कृषि उपकरण

चितवन। भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरिन् । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी […]

सम्बन्धित सामग्री

भरतपुर महानगरले वितरण गर्यो १ करोड अनुदानको कृषि उपकरण - NepaliPatra

चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरे । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरको कृषि महाशाखा प्रमुख तेजेन्द्र […]

प्युठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानले सघाउने

२३ मंसिर, काठमाडौं । जापान सरकारले प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गर्ने र कृषि उपकरण उपलब्ध गराउने भएको छ । नेपालका लागि जापानका राजदूत किकुता युकाताले स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालसँग अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत रहेको यो परियोजनामा १ करोड नेपाली रुपैयाँ बराबरको वित्तीय […]

रू. १ करोड अनुदान वितरण

म्याग्दी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बंगुरपालन र सुन्तलाखेती गरेका कृषकलाई १ करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गरेको छ ।       सुन्तला र बंगुरको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधार, क्षमता विस्तारका लागि कुल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको हो । परियोजनाले आर्थिक वर्ष २०७७/७८ मा सुन्तला जोनमार्फत ६६ लाख १० हजार र बंगुर जोनमार्फत ३६ लाख ५६ हजार अनुदान वितरण गरिएको बताएको छ ।      कृषि अधिकृत विक्रम बस्यालले सुन्तला जोनमार्फत ३ लाख २५ हजार खर्च गरेर ५० प्रतिशत अनुदानमा २० हजार ७०० बिरुवा वितरण गरिएको जानकारी दिए । कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रमअन्तर्गत ४० मिनिटेलर, दुईओटा ग्रासकटर, दुईओटा ह्याण्ड स्प्रेयर, २६ ओटा पावर स्पेयर, ५६ ओटा सिकेचर, ५६ ओटा प्रुनिङ सअ र १७ डिजिटल काँटा खरीद गर्न ५० प्रतिशतका दरले १२ लाख ५७ हजार अनुदान उपलब्ध गराइएको छ । जिल्लाका सिगाना, बनौं, भकिम्ली, दोसल्ले र पात्लेखेतमा नर्सरी स्रोत केन्द्र स्थापना भएको छ । मंगला माविमा प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालनमा ३ लाख ३ हजार खर्च भएको छ । ४७५ प्लास्टिक क्रेट खरीद गर्न ५० प्रतिशतका दरले १ लाख ४२ हजार अनुदान वितरण भएको छ । बेनी, बागलुङ नगरपालिका, जलजला, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको ५२ वडामा सुन्तला जोन कार्यक्रम लागू भएको छ । यसैगरी इकाइमार्फत सञ्चालित बंगुर जोन कार्यक्रमअन्तर्गत १६ बंगुर फार्म तथा कृषकले विभिन्न शीर्षकमा ३६ लाख ५६ हजार अनुदान पाएको नायब पशु सेवा प्राविधिक बलबहादुर ओलीले जानकारी दिए । बंगुर फार्मको नयाँ पूर्वाधार निर्माण, पुराना गोठ सुधार र व्यवस्थापन, गोबरग्यास निर्माण, मासु पसल सुधार गरेका छन् । रासस

एक करोड लगानीमा कृषि घाँस उद्योग स्थापना

चितवन । रत्ननगर नगरपालिका–१२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस (साइलेज) उद्योग स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपक्षीको आहाराको अभाव पूरा गर्न उक्त उद्योगको स्थापना गरिएको हो । ‘जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कस्टम हायरिङ सेन्टर’को बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताका लागि नगरपालिकाले कृषिक्षेत्रलाई प्राथमिकता दिँदै आएको बताए । आगामी दिनमा पनि नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण लगायत अन्य प्राविधिक सहयोग गर्दै जाने वनको भनाइ छ । प्रेम थापा, शिव थापा र सुजिन्द्रबहादुर थापाको संयुक्त लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याइएको हो । गाई, भैंसी, बाख्रा लगायत पशुचौपायालाई खुवाउने घाँस उत्पादन तथा प्याकेजिङ गरी कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने  उद्देश्यले उद्योग सञ्चालन गरिएको अध्यक्ष प्रेम थापाले बताए । उनका अनुसार हरियो मकैसहितको बोटलाई काटेर मेशिनको माध्यमबाट प्याकेजिङ गरिन्छ । घाँस प्याकेजिङ गर्दा नै वस्तुभाउलाई आवश्यक पर्ने खाद्यवस्तु तथा मिनरल समेत राखिने उनले बताए । यसरी प्याकिङ गरिएको घाँस ५ वर्षसम्म प्रयोग गर्न सकिने बताइएको छ । स्थानीय किसानले लगाएको मकैको हरियो बोटसहित प्रतिकट्ठा २ हजारदेखि ३ हजार रुपैयाँमा खरीद गरी उद्योगले ल्याउने गरेको उद्योगका अर्का सञ्चालक शिव थापाले बताए । उनका अनुसार हाल जिल्लाका पदमपुर, जमुनापुर र पिठुवा क्षेत्रबाट हरियो मकै सहितको घाँस खरीद गर्ने गरिएको छ । माग बढ्दै गएमा अन्य जिल्लाबाट पनि मकैको बोट खरीद गरेर ल्याइने बताइएको छ । किसानले उत्पादन गरेको मकै बजार मूल्यभन्दा महँगोमा उद्योगले लिने भएकाले किसानहरू यस उत्पादनप्रति आकर्षित भएको सञ्चालकहरूको भनाइ छ । उद्योगबाट उत्पादित साइलेज बजारमा पाइने ढुटो, चोकर, दानाको तुलनामा सस्तो हुँदा माग समेत बढेको उनीहरू बताउँछन् । हाल उद्योगमा ७५ लाख रुपैयाँ लगानी भइसकेको छ भने थप २५ लाख लगानी हुने चरणमा रहेको उद्योगका सञ्चालक सुजिन्द्रबहादुर थापाले बताए । उद्योगलाई रत्ननगर नगरपालिकाले कस्टम हायरिङ सेन्टर र उपकरण खरीदका लागि करीब २५ लाख रुपैयाँ अनुदान दिएको छ ।

एक करोड लगानीमा चितवनमा कृषि घाँस उद्योग स्थापना

साउन २०, चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस उद्योग (साईलेज) को स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपंक्षीको आहाराको अभाव कम गर्न उक्त उद्योगको स्थापना गरिएको हो ।  जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कष्टम ह्यारिङ सेन्टरको बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उक्त उद्योगको उद्घाटन गरेका हुन्  । उद्घाटन पछि बोल्दै उनले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताको लागि नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिदै आएको बताए । आगामी दिनमा पनि नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण लगायत अन्य प्राविधिक सहयोग गर्दै जाने वनको भनाइ छ ।  प्रेम थापा, शिव थापा र सुजिन्द्र बहादुर थापाको संयुक्त लगानीमा सो कृषि घाँस उद्योग सञ्चालनमा ल्याइएको हो । गाई, भैँसी, बाख्रा लगायतका पशु वस्तुहरूलाई खुवाउने घाँस उत्पादन तथा प्याकेजिङ गरी कृषकलाई सहुलियत दरमा साइलेज घांँस उपलब्ध गराउने उद्देश्यका साथ घाँस उद्योग सञ्चालन गरिएको उद्योगका अध्यक्ष प्रेम थापाले जानकारी दिए ।  उनका अनुसार हरियो मकै सहितको बोटलाई काटेर मेसिनको माध्यमबाट कृषि घाँस प्याकेजिङ गर्ने काम गरिन्छ ।  सो घाँस प्याकेजिङ गर्दा नै पशु वस्तुहरूलाई आवश्यक पर्ने खाद्यवस्तु तथा मिनरल समेत राखी प्याकिङ गरिने अध्यक्ष थापाले बताए । सो प्याकिङ गरिएको घाँस ५ वर्षसम्म प्रयोग गर्न सकिने छ ।  स्थानीय किसानहरूले लगाएको मकैको हरियो बोट सहित प्रति कट्ठा २ देखि ३ हजार रूपैयाँमा खरीद गरी उद्योगले ल्याउने गरेको उद्योगका अर्का सञ्चालक शिव थापाले बताए  । उनका अनुसार हाल चितवनको पदमपुर, जमुनापुर, पिठुवा क्षेत्रबाट हरियो मकै सहितको घाँस खरीद गर्ने गरिएको र माग बढ्दै गएमा अन्य जिल्लाबाटपनि मकैको बोट खरीद गरेर ल्याइने छ ।  किसानहरूले उत्पादन गरेको मकै बजारमा मूल्य भन्दा महँगो मूल्यमा उद्योगले लिने र उनीहरुले लगाएको मकैको बोट सहित किनिदिने भएकोले किसानहरु यस उत्पादन प्रति आकर्षित भएको सञ्चालकहरुको भनाइ छ ।  उद्योगबाट उत्पादित साइलेज (कृषि घाँस) पनि बजारमा पाइने ढुटो, चोकर, दानाभन्दा सस्तो भएकोले किसानहरूको माग बढी रहेको उनीहरुको भनाइ छ ।  हाल उद्योगमा ७५ लाख लगानी भइसकेको छ भने २५ लाख  थप लगानीकै क्रममा रहेको उद्योगका सञ्चालक सुजिन्द्र बहादुर थापाले बताए  उद्योगलाई रत्ननगर नगरपालिकाले कृषि उद्योगका लागि साइलेज निर्माण तथा कष्टम ह्यारिङ सेन्टर र उपकरण खरीदका लागि करीब २५ लाख रूपैयाँ अनुदान दिएको छ ।