फाइजर र बायोएनटेकद्वारा ओमिक्रोनका लागि खोप परीक्षण सुरु
फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा आफ्नो ओमिक्रोन–बिशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको कम्पनीहरूले मङ्गलबार जानकारी दिएका छन् ।
फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले पत्रकार सम्मेलनमा भने, “खोप तथा औषधीहरूको विकास र अनुसन्धान गर्ने विशाल यो कम्पनीले मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयास गरिरहेको छ । ”
कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार ह...