नाञ्जिङ विमानस्थलमा जहाजबाट बाहिर निस्किएर करिब १५ मिनेट हिँडेपछि सुटकेस संकलन गर्ने ठाउँ आइपुग्यो । त्यहाँ केहीबेर कुरेपछि हाम्रो टोलीको सुटकेस भटाभट आउँन थाल्यो । संकलन गर्दागर्दै मेरो सुटकेस पनि आइपुग्यो । मेरो सुटकेसको जिपर त फुस्केको रहेछ । तै सामान छताछुल्ल भएको रहेनछ । तर सामान आएको ठाउँबाट तल ओरालेपछि केही सामान बाहिर खस्यो । बाहिर निस्किएको सामान तह लगाउन खोज्दा सुटकेसभित्र राखेको पचास रुपैयाँको १२–१५ वटा नोट पनि बाहिर छरियो । गुइझाउ विमानस्थलमा हामीलाई स्वागत गर्न आएका चिनियाँ वि