काठमाण्डाै – चौथो पुस्ताको नेटवर्क अर्थात् 'फोरजी' का ग्राहक सङ्ख्यामा नेपाल टेलिकमले एनसेललाई उछिनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार फोरजी ग्राहकमा एनसेलभन्दा झन्डै पाँच लाख धेरै ग्राहकसहित नेपाल टेलिकम पहिलो नम्बरमा पुगेको छ । साउनसम्म टेलिकमका ५३ लाख ४० हजार फोरजी ग्राहक रहेकामा भदौमा नौ लाख २७ हजार ६ सय जना ग्राहक थपिएपछि टेलिकमको फोरजी ग्राहक सङ्ख्या ६२ लाख ६८ हजार ३९ पुगेको छ । यस्तै साउनमा एनसेलका ५५ लाख १...