नेपाल टेलिकमले निःशुल्क ई–सिम वितरणलाई व्यापक बनाउन लागेको छ । हाल सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम मंगलबारदेखि कम्पनीका ग्राहक सेवा केन्द्रहरु नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु, छाउनी र पुल्चोकबाट पनि वितरण गर्न लागिएको टेलिकमले जनाएको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रवर्द्धनात्मक परीक्षणको रुपमा ई–सिमको वितरण गरिरहेको र ई–सिम कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको जानकारी गरा