काठमाण्डौ – वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि काठमाण्डौ, पोखरा, बुटवल लगायतका ठाउँमा खाने बस्ने सुविधासहित निःशुल्क सीप तालिम सञ्चालन हुने भएको छ । महिला र पुरुषका लागि विभिन्न फरक फरक विषयमा सुरक्षित आप्रवासन सामी कार्यक्रमले निःशुल्क सीप तालिम प्रदान गर्न लागेको हो । वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका पुरुषका लागि विभिन्न सात वटा विषयमा तालिम सञ्चालन हुने सामीले जनाएको छ । ३० दिनसम्म सञ्चालन हुने निःशुल्क सीप तालिममा खाने बस्ने सुविधासमेत उपलब्ध छ । पुरुषका लागि सीप तालिम&nbs...