गण्डकी प्रदेशमा दोस्रो पटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ । प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्मको नवौँअन्तर्गतका खेल खेलाउने योजना यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को थियो ।सबै जिल्लालाई राष्ट्रिय खेलकुदको अपनत्वका लागि प्रत्येक जिल्लामा कम्तिमा एक खेल खेलाउने योजना रहे पनि खेल पूर्वाधार अभावका कारण सबै जिल्लामा खेलाउन सम्भव देखिएको छैन । राखेपले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताअन्तर्ग