जुना चालिसे
मेरो छिमेकीको नयाँ बर्ष पनि कस्तो कस्तो।
अर्कैको सँस्कृतिलाइ कठै आफ्नै भने जस्तो।।
त्यसैले मलाई रत्ती नि छैन मनमा हर्ष।
अर्काको सँस्कृति प्रति किन पो मैले गर्ने हर्ष।।
कहिले मेरै भूमीसंग गर्छन् खेलवाड।
कसरी काट्ने उसैको घरमा दिनरात।।
हाम्रै भूमी खोस्ने संग पनि बस्नु पर्ने बाध्य।
के लेखौं र के भनौं हजुर भनी छैन साध्य।।
नयाँ बर्षको शुभकामना भन्नै मन छैन ।
बाध्यताले बसेकी छु म बिदेशी त होईन।।
कहिले बहादुर कहिले
गोर्खे नामै पाछु।
बाध्यता, विवशताले छिमेकीको घर आछु।।
अंगिकृतलाइ शासक बन्न दिन्न म भन्छ।
तर छिमेकमा सबैपदमा बस्न पाउ भन्छ।।
यस्तो ध्रुत छिमेकीको कसरी विश्वास गरु।
मेरो देश विखण्डन गर्दैन कसरी भनु।।
म निर्धक्कसंग भन्छु हाम्रो सीमा मिचेको छ ।
तै पनि यस्तै छिमेकीको घरमा सिंचेको छ।।
रगत पसीना बनाएर बगाए कै त छु।
फेरी पनि म छिमेकीको दमन सहेको छु ।।
मेरो छिमेकीको जस्तै त्यो सँस्कार चाहिदैन।
नेपाली शान र गौरव कतै पनि पाइदैन।।
त्यसैले म बैशाखमा नै शुभकामना दिन्छु।
देशको गौरव र शानलाइ शुभकामना दिन्छु।।
चन्द्र सूर्यको शान विश्व विजेता हाम्रो झण्डा।
साम्राज्यवादीहरु संग झुक्दै नझुक्ने झण्डा।।
आफ्नै संस्कृती बोकेको नेपालीपन हाम्रो।
सगरमाथा झै अटल रहोस शान हाम्रो।।