साढे पाँच किलो अफिमसहित हेटौंडाबाट एक जना पक्राउ

४ साउन, हेटौंडा । लागूऔषध नियन्त्रण व्यूरोले हेटौंडाबाट अफिमसहित एक जनालाई पक्राउ गरेको छ । ठूलो मात्रामा अफिम कारोबार भएको भन्ने विशेष सूचनाको आधारमा काठमाडौंबाट आएको व्यूरोको टोलीले मकवानपुरको बकैया गाउँपालिका–५ का ४४ वर्षीय रत्न भुलुनलाई सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काको टोलीले […]