नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् । मंगलबार हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका सिटौलालाई कोराना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार सिटौला अस्पताल भर्ना भएका हुन् ।
भोजपुर : कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ।गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामै यो गाउँपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ।यहाँ एकै दिन ५५ जनामा कोराना संक्रमण पुष्टि भएको छ। मंगलबारसम्म जिल्लामा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय
काठमाडौं, ४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेललाई मंगलबार कोराना संक्रमण पृष्टि भएको सचिवालयले जनाएको छ । पोखरेललाई रुघा र ज्वरो आएपछि पीसीआर परीक्षण गराइएको हो । उनलाई अहिले पनि ज्वरो आइरहेको छ । उनी आफ्नै घरमा आराम गरिरहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरानो भारइस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा २५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २६९ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ९४ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना संक्रमण पुष्टि भएको छ । लक्षण देखिएपछि परीक्षण गर्दा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार अध्यक्ष ओली हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन् । आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा अध्यक्ष ओलीले आज आयोजना गर्ने भनिएको […]
काठमाडौं माघ ९ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल । (प्रचण्ड) पत्नि सीता दाहाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएकी उनलाई आज विहान आएको परिक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्यमा जटिलता महशुस भएपछि दाहाललाई शनिबार राती नै मेडिसिटीमा भर्ना गरिएको […]
काठमाडौँ, ८ माघ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीलाई कोराना संक्रमण भएको छ। जिल्ला अस्पताल जोमसोममा एक साता अघि एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिडिओ शर्मा र प्रहरी नायव उपरीक्षक दानीलाई कोरोना सक्रमण पुष्टि भएको जनाइएको छ । मुस्ताङमा उच्चपदस्थ व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको […]
पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९१२३ जनामा गरिएको नमुना परीक्षणमा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सो समयावधिमा ३७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार अहिले देशभर ७१६४ जना सक्रिय संक्रमित रहेका छन् भने आज ४०,०१४ जनाले कोराना संक्रमण विरुद्धको खोप लगाएका छन् ।
शुक्रबार कर्णाली प्रदेशमा थप १२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । १८५ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ८८ र १६५ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ३९ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार सबैभन्दा धेरै सुर्खेतमा मात्र ९४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै दैलेखमा १२, कालिकोटमा ११, मुगुमा ६ र सल्यानमा ४ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । प्रदेशभर ६७ जनाले मात्र कोरोनालाई जितेर डिस
५ जेठ, पोखरा । छोरा बुहारीमा कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट ९३ वर्षीया आमाको मृत्यु भयो । २ वर्षदेखि दीर्घ रोगले थलिएकी आमाको मृत्युपछि अन्त्येष्टिमा आफन्तहरु बेलैमा आएनन् । केही मनकारी छिमेकीले घाटमा शव जलाउने तयारी गर्दा अर्को गाउँका स्थानीयले अवरोध गरे । दिनभर तनाव भयो र अन्ततः आफ्नै घर अगाडि खाल्डो खनेर पुर्नुपर्ने स्थिति […]