काठमाण्डाै – सप्तकोसी नदीमा ठूलो बाढी आएको छ । पहाडी जिल्लामा हिजो साेमवारदेखि परेको ठूलाे पानीका कारण सप्तकोसीमा ठूलो बाढी आएको हो । सुनसरीको चतरामा बिहानैदेखि बाढीको सतह सतर्कताको तहमा पुगिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।
उदयपुर, सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । कोसीमा सतह बढेर उदयपुरको बेलका नगरपालिकाको डुम्रीबाट बस्तीमा पस्न थालेको छ । बस्तीमा पानी पसेमा सप्तरीसम्मका कैयौँ गाउँ डुबान र कटानमा पर्ने...