काठमाण्डौ – भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ ।
नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भटराइले बताउनुभयो । विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उहाँले बताउनुभयो । समथर भूभागबाट ग्रहण देख्न कठिन हुने सो...