गोदावरी फूलको प्रदर्शनी कात्तिक ३ बाट

काठमाडौँ – गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी ३ देखि ६ कात्तिकमा जावलाखेलमा हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औँ प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो । मेला संयोजक सिताराम पन्तका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी […]

सम्बन्धित सामग्री

जावलाखेलमा पुष्प मेला

यही कार्तिक १४ देखि जावलाखेल खेलकुद मैदान जावलाखेलमा पुष्प मेला सुरु भएको छ । हरेक वर्ष आयोजना हुने यो १६औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हो । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना पुष्प विकास केन्द्रको सहआयोजना र कृषि पूर्वधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोगमा सुरु भएको मेला कात्तिक १८ गतेसम्म चल्नेछ ।

तिहार नजिकिएको झल्को दिने प्रदर्शनी ! [तस्वीरहरू]

ललितपुर । फूलहरूको चाड तिहार नजिकिँदा ललितपुरमा फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।  ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा मंगलवारबाट १६ औं गोदावरी पुष्प मेला तथा प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको हो । उक्त प्रदर्शनी यही कात्तिक १८ गतेसम्म सञ्चालन हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)द्वारा आयोजित मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले गरेका थिए । प्रदर्शनीमा १०० रुपैयाँदेखि करिब १५ हजार रुपैयाँसम्म फूलहरु राखिएको छ ।  फ्यानका अनुसार प्रदर्शनीमा ७० ओटा भन्दा बढी स्टल राखिने छन् । मेलामा करीब ४० हजारले प्रत्यक्ष अवलोकन गर्ने र एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

गोदावरी पुष्प मेलामा ८१ लाखको कारोबार

७ कात्तिक, काठमाडौं । ललितपुरमा आयोजित १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार सकिएको छ । मेलामा ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको मेला आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । मेलामा ४४ हजार पाँच सयले अवलोकन गरेको पनि तामाङले बताए । चार दिनसम्म सञ्चालनमा आएको मेला अपेक्षा गरिएभन्दा पनि सफल […]

गोदावरी फूलको प्रदर्शनी विहिबारदेखि

काठमाडौं, कात्तिक १ । गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी पर्सि विहिबारदेखि सुरु हुने भएको छ । कात्तिक ३ देखि ६ गतेसम्म ललितपुरको जावलाखेलमा हुने प्रर्दशनी गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी हो । फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुँदै आएको छ । तिहार तथा छठ पर्वलाई […]

बिहीबारदेखि गोदावरी फूलको प्रदर्शनी

काठमाडौं – गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी कात्तिक ३ गते बिहीबारदेखि ६ गतेसम्म जावलाखेलमा हुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो। मेला संयोजक सिताराम पन्तका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुन लागेको हो। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै गोदावरी फूलको […]

कात्तिक ३ गतेदेखि ४ दिने गोदावरी फूल मेला हुने

फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ । प्रदर्शनीको ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा हुने मेला संयोजक सीताराम पन्तले बताए ।सोमबार पत्रकार सम्मेलन गर्दै फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ।  तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीक

गोदावरी पुष्प प्रदर्शनी शुक्रबार, ५० लाखको कारोबार हुने

ललितपुर- फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ । फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् । यस वर्ष गोदावरी फूलको विभिन्न विधामा […]