सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिसकेको स्वास्थ्यकर्मीले ठहर गरेका छन्। पछिल्लो समय सङ्क्रमण दर ह्वात्तै बढेकाले तेस्रो लहरको कोरोना सङ्क्रमण समुदायमा फैलिसकेको उनीहरूले जिकिर गरेका हुन् ।
एक साताअगाडि मात्रै भारतबाट फर्किनेमा सङ्क्रमण अत्यधिक थियो। अहिले समुदायस्तरमा सङ्क्रमण बढी देखापरेको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार माघ १ देखि ७ गतेसम्म प्रदेशभर दुई हजार ८७६ जना कोरोना सङ्क्रमित थपिएका छन्। जसमध्ये एक हजार ८९७ जना समुदायस्तरकै हुन्। सोही अवधिमा भारतबाट फर्किएका एक हजार ८२ जनामा कोरोना पुष्...