साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइयो

काठमाडौं : साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो। मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ। रियादस्थित नेपाली दूतावासकाअनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो। साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए।‘दाहा

सम्बन्धित सामग्री

साउदीमा एक नेपालीलाई मृत्युदण्ड

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए। यहाँको जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको सचिव आचार्यले बताए। दूतावासलाई समेत जानकारी […]

साउदीमा नेपालीलाई मृत्युदण्ड

मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई क्षमादान दिन नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गरी साउदी अरब सरकारले मृत्युदण्डको सजाय कार्यान्वयन गरेको छ । साउदीले दाहालको शवलाई अन्तिम संस्कार गर्न नेपाल नपठाई परिवारको सहमतिबिनै दफन गरिदिएको छ । मृत्युदण्ड कार्यान्वयन गरेको ४८ घण्टापछि मात्रै नेपाली दूतावासलाई सूचना दिइएको हो ।