साउदीमा नेपालीलाई मृत्युदण्ड

मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई क्षमादान दिन नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गरी साउदी अरब सरकारले मृत्युदण्डको सजाय कार्यान्वयन गरेको छ । साउदीले दाहालको शवलाई अन्तिम संस्कार गर्न नेपाल नपठाई परिवारको सहमतिबिनै दफन गरिदिएको छ । मृत्युदण्ड कार्यान्वयन गरेको ४८ घण्टापछि मात्रै नेपाली दूतावासलाई सूचना दिइएको हो ।

सम्बन्धित सामग्री

साउदीमा नेपाली युवालाई मृत्युदण्डको फैसला

साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन्। जुबेलस्थित ‘जनरल कोर्ट’ ले सुनाएको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालतले वैशाख २ गते (अप्रिल १५) मृत्युदण्डको…