२ असोज, पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन …
भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको …
कृषकले दुःख गरेर लगाएको खेती भित्र्याउन नपाउँदै बाँदरले खाने तथा नष्ट गरिदिने गरेपछि हैरानी भएर जमिन बाँझो राख्ने क्रम बढेपछि तनहुँमा पशुपालनमा प्रोत्साहन गर्न थालिएको छ ।
तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो । व्यास नगरपालिका–८ सोतीबेँसीका २० कृषकले दुई सय रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए […]
पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीका रामबहादुर भण्डारी २४सै घण्टा मकै लगाएको खेतमा भेटिन्छन्। मकै खेतीमा आउने बाँदरलाई रुङेर दिन बिताउने उनी राति दुम्सी लखेट्न खेतमा बस्छन्। मकै पसाउने बेलाबाट नै बाँदरले हैरान पारेको थियो। जसोतसो पालोअनुसार खेतमा बसेर बाँदर लखेट्दै जोगाएका मकै रातभरमा दुम्सीलाई सखाप पार्न थालेपछि हैरानी भएको रामबहादुरले दुखेसो पोख्छन्। ‘यस्तो त कहाँ जानिएको थियो र? पहिले पहिले बरु बाँदरले हो मकै खाने गरेको। दिउँसो लखेटेपछि जोगिन्थ्यो। अहिले त रातभर दुम्सी
गुल्मीको दरबार गाउँपालिका–२ का झुमानसिंह थापालाई बाँदरले हैरान बनाएका कारण बारीमा लगाएको खेती जोगाउन सारै मुस्किल परेको छ। एकाबिहानैदेखि राति अबेरसम्म बारीको बास हुँदासमेत बाँदरले झुक्याएर मकै बाली नष्ट गरिदिने गरेको भन्दै उहाँले स्थानीय सरकारसँग बाँदर नियन्त्रण गरिदिन आग्रह गर्नुभएको छ।
पर्वत : कृषकहरूलाई बाँदरले हैरान पारेपछि पर्वतको महाशीला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आर्थिक वर्ष ०७५/०७६ मा ३० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ।
बाँदरको आतंकले कृषक मारमा परेको भन्दै गाउँपालिकाले बाँदर नियन्त्रणको योजना पारित गरेको हो। हालै बसेको गाउँ कार्यपालिकाको बैठकले कृषकहरूले माग गरेको योजनाअनुसार नै...