चार दिनदेखि कालीगण्डकी कोरिडोर बन्द

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि कोरिडोर ठप्प रहेको छ । पटकपटक अबरुद्ध सडक दुई सातापछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अबरुद्ध भएको छ ।...

सम्बन्धित सामग्री

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ। यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो।

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर  अवरुद्ध भएको हो ।

अवरुद्ध कालीगण्डकी कोरिडोर खुल्यो

शुक्रबारदेखी अवरुद्ध कालीगण्डकी कोरिडोर खुलेको छ। अविरल वर्षाका कारण कोरिडोरको हर्मीचौर सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन्।...

फोहरले कालीगण्डकी कोरिडोर दुर्गन्धित

ढोरपाटन । दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनिक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौँ भयो । यहाँ राखिएको फोहरले माल ढुङ्गाका स्थानीयदेखि कोरिडोरमा यात्रा गर्ने यात्रुलाई समेत समस्यामा परेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर छेउमै रहेको बागलुङ बजारको ‘डम्पिङसाइड’ले आगन्तुकलाई […]

कालीगण्डकी कोरिडोर : मालढुंगा–बलेवा खण्ड मर्मत गरिँदै

बागलुङ । कालीगण्डकी कोरिडोरको मालढुंगा–बलेवा विमानस्थल १० किलोमिटर सडकखण्डको मर्मत शुरू गरिएको छ । नेपाली सेनाले ट्र्याक खोलेर कालीगण्डकी कोरिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम थालिएको हो । चैतको दोस्रो सातादेखि शुरू भएको काम धमाधम चलिरहेको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले कोरिडोर मर्मतको काम थालेको हो । मालढुंगादेखि बलेवा विमानस्थलसम्म पहिरोका कारण भत्किएका संरचना पुनर्निर्माण हुनेछन् । कोरिडोरमा खसेको पहिरो पन्छाउने काम शुरू गरिएको इन्जिनीयर सुरेन्द्र गौतमले बताए । दुई वर्षअघि नेपाली सेनाले ट्र्याक खोलेर सडक विभाग अन्तर्गत आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना पुनर्निर्माण हुन सकेका थिएनन् । १० किलोमिटर खण्डमा आएको पहिरो पन्छाउने, तारजाली लगाउने र भत्किएका ठाउँमा मेशिनरी पर्खाल बनाउँदा वर्षाको समयमा समेत सडक सञ्चालनमा सहज हुनेछ । ‘ट्र्याक खुला भएका सडक बाह्रै महीना चलून् भन्ने हो,’ इन्जिनीयर गौतमले भने, ‘अवरोध हटाउनकै लागि मर्मतको काम थालिएको हो ।’ विभागले ५ करोडको लागतमा दश किलोमिटर खण्ड मर्मतका लागि अख्तियारी पठाएको थियो । सोही अनुसार ठेक्का प्रक्रिया पूरा गरेर काम शुरू गरिएको गौतमले बताए । लामा÷आईएस÷एसी जेभीले कोरिडोर मर्मतको जिम्मेवारी लिएको छ । २ करोड ६५ लाखमा जिम्मेवारी पाएको कम्पनीले आगामी असार २५ गतेभित्र अनुमान अनुसारका संरचना बनाउनेछ । १३ हजार १३५ घनमिटर पहिरो पन्छाइने, ३७ घनमिटर तारजाली लगाउने र १ हजार ६२२ मिटर मेशिनरी वाल बनाउने अनुमान छ । योजनाअन्तर्गत आवश्यक ठाउँमा रिटेनिङ वाल, कंक्रिट वाल र सडकमा रहेका ढुंगामाटो पन्छाउने काम रहेको इन्जिनीयर गौतमले बताए । मर्मतको काम गरिरहेको कम्पनीले समयमै काम सकिने दाबी गरेको छ । राष्ट्रिय गौरवको आयोजना भए पनि ट्र्याक खुलेर हस्तान्तरण भएपछि मर्मत हुन सकेको थिएन । रासस

अझै खुलेन कालीगण्डकी कोरिडोर

भारी वर्षासँगै झरेको पहिराका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर पुनः अवरुद्ध भएको छ ।

कालीगण्डकी कोरिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने

कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।