बागलुङ : केही समय अगाडिसम्म युवा पुस्तामा राजनीतिप्रति तीव्र वितृष्णा थियो। राजनीतिमा प्रायः बूढापाका नै बढी हाबी हुने गरेका थिए। पछिल्लो समय राजनीतिमा युवा पुस्ताको आकर्षण निकै बढेको पाइन्छ। नेपाली कांग्रेस, नेकपा र नेकपा माओवादी केन्द्रको महाधिवेशनले पनि राजनीतिमा युवा आकर्षण बढेको देखायो। हालै सम्पन्न स्थानीय तहको निर्वाचनले पनि त्यो प्रमाणित गरेको छ।बागलुङका सन्दर्भमा पनि धेरै युवा पार्टी नेतृत्व तथा स्थानीय पालिकाको नेतृत्वमा चुनिएका छन्। स्थानीय तहको निर्वाचनमा बागलुङमा धेरै युवा निर्वाचित