काठमाडौं । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेकामध्ये ४ जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाले जनाएकाे छ । […]