मादी हत्याकाण्ड प्रकरणमा ४ जनालाई आजीवन कारावास

संखुवासभा : जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ४ जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको छ।जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न ५ जना मध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो। गत २०७८ भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो।संखुवासभा जिल्ला अदालतका न्यायाधीश शान्ति प्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ५ जनालाई कसुरदार ठहर