धान किन्ने लक्ष्यमा चुक्यो सरकार

काठमाडौं। यस वर्ष उच्च लक्ष्यसहित धान किन्ने योजना सार्वजनिक गरेको सरकार त्यसमा असफल भएको छ । धान उत्पादन बढेकै वर्ष सरकारको खाद्य भण्डार (खाद्य व्यवस्था तथा व्यापार कम्पनी) सँग सिजनमै खाद्यान्न अभाव देखिएको छ । खाद्यले आफ्नो योजनाअनुरूप धान र चामल किन्न नसक्दा सिजनमै खाद्यान्न अभाव भएको हो । विपतका बेला हुन सक्ने खाद्य संकटमा तत्काल आपूर्ति गर्न सरकारले अनिवार्य ३३ हजार मेट्रिक टन खाद्यान्न मौज्दात गर्नुपर्छ । तर, अहिले खाद्य कम्पनीसँग करीब १३ हजार मेट्रिक टन मात्रै खाद्यान्न मौज्दात छ । कम्पनीले यस वर्ष देशभरका ११ खरीद केन्द्रबाट १ अर्ब ७४ करोड रुपैयाँमा ५० हजार २०० मेट्रिक टन धान किन्ने लक्ष्य सार्वजनिक गरेको थियो । तर, हालसम्म उसले ५ ओटा खरीद केन्द्रबाट ४ हजार ६६० मेट्रिक टन मात्रै धान किनेको छ । राजापुर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र जनकपुर खरीद केन्द्रबाहेक बाँकी ६ ओटा खरीद केन्द्रमा काँटा नै लाग्न नसकेको कम्पनीले जानकारी दिएको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले भैरहवा, वीरगन्ज, लहान, विराटनगर, बिर्तामोड र जुम्लामा धान किन्न शुरू नै हुन नसकेको जानकारी दिए । उनका अनुसार सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बजारका व्यापारीले किसानसँग धेरै मूल्यमा धान किनिदिएपछि ती स्थानबाट कम्पनीले धान किन्न नसकेको हो । सरकारले यसपालि मोटा धानको ३ हजार १९८ र मध्यम धानको ३ हजार ३६२ रुपैयाँ प्रतिक्वीन्टल मूल्य तोकेको छ ।  ‘सरकारले तोकेको मूल्यभन्दा ३ सय रुपैयाँसम्म बढीमा व्यापारीलाई बेच्न पाएपछि किसानले हामीलाई बेच्न मानेनन् । हाम्रो चाहना पनि किसानले बढी मूल्य पाऊन् भन्ने हो,’ चन्दले भने । अहिले कम्पनीसँग हुनुपर्नेभन्दा कम मात्रामा खाद्यान्न मौज्दात रहेको खुलस्त पार्दै उनले थपे, ‘त्यसैले जसरी भए पनि धान किन्नैपर्ने बाध्यतामा छौं । यसो भन्दैमा बजार मूल्यभन्दा बढी दिएर हामीले किसानसँग धान किन्न सक्दैनौं । हामीले महँगोमा किनेको धानको चामल जनतालाई महँगै मूल्यमा बेच्नुपर्ने हुन्छ ।’  धान पाइएका ठाउँबाट समेत खाद्यले लक्ष्यभन्दा निकै कम परिमाणमा मात्रै किन्न सकेको छ । नेपालगञ्जबाट ७ हजार मेट्रिक टन खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ८ सय २ टन मात्रै खरीद भएको छ । ९ हजार ५०० टन खरीद लक्ष्य रहेको राजापुरबाट १ हजार ६८० मेट्रिक टन, ८ हजार मेट्रिक टन खरीद लक्ष्य तोकिएको धनगढीबाट १ हजार ८७८ मेट्रिक टन किनेको छ । १ हजार ५०० टन किन्ने भनिएको महेन्द्रनगरबाट २ सय ९५ मेट्रिक टन र ५ हजार ५०० मेट्रिक टन किन्ने लक्ष्य रहेको जनकपुरबाट ४ मेट्रिक टन मात्रै धान किनिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत पुस २२ मा सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष पोहोरको तुलनामा ४ दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको छ । आर्थिक वर्ष (आव) २०७९/८० मा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन रहेको उत्पादन २०८०/८१ मा बढेर ५७ लाख २४ हजार २३४ टन पुगेको छ ।  विगत ४ वर्षको औसत उत्पादन तुलना गर्दा यस वर्ष धान उत्पादन ५ दशमलव शून्य ८ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । धान किन्न नसक्ने देखिएपछि खाद्यले २९ हजार टन चामल खरीदका लागि टेन्डर आह्वान गरेको थियो । तर, त्यसमा टेन्डर नै नपरेको कम्पनीका अधिकारी बताउँछन् । भारतले चामल निर्यातमा गरेको कडाइका  कारण चामलको मूल्य महँगो पर्ने देखिएपछि आयातकर्ताले टेन्डरमा भाग नै लिन नचाहेको चन्दले बताए । त्यसपछि खाद्यमार्फत २० हजार मेट्रिक टन चामल किन्न भारत सरकारसँग पहल भइरहेको छ । धान किन्न सरकार किसानको खेतसम्मै पुग्नुपर्छ  धान किन्न सरकारी संयन्त्र किसानको खेतबारीसम्म पुग्नुपर्ने कृषि अभियानकर्मी बताउँछन् । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी किसान सरकारलाई धान बेच्न किन तयार भएनन् भन्ने विषयमा सोच्नु जरुरी भइसकेको बताउँछन् । धान किन्नका लागि सरकार किसानको खेतबारीमै पुग्नुपर्ने पनि उनले सुझाव दिए ।  व्यापारीले दिने मूल्यभन्दा कममा सरकारले धान किन्ने भएकाले किसान सरकारलाई धान बेच्न तयार नभएको उनले बताए । अधिकारीका अनुसार किसानको लागत मूल्य पनि नउठ्ने गरी मूल्य तोक्ने र किसानले धान बेच्ने समयभन्दा ढिलो गरी किन्न शुरू गर्ने सरकारी प्रवृत्तिका कारण सरकारले किसानबाट पर्याप्त मात्रामा धान किन्न नसकेको हो । सरकार कृषि र कृषकप्रति गम्भीर नभएको उनको आरोप छ । किसानलाई ऋण दिने, बीमा रकम उपलब्ध गराउने, कृषि अनुदान, किसान परिचयपत्र र समर्थन मूल्य कार्यान्वयन गराउने जस्ता कुनै पनि कुरामा सरकार गम्भीर नभएकाले मुलुकको कृषि नै पछि परेको उनले बताए । सरकारले आफैले तोकेको लक्ष्यअनुसार धान किन्न नसक्ने भएकाले खाद्य असुरक्षाको जोखिम बढ्न सक्ने उनले चेतावनी दिए ।  लक्ष्य ५० हजार २०० टन, हालसम्म खरीद ४ हजार ६६० टन  ११ खरीद केन्द्रमध्ये ६ मा काँटा नै लाग्न सकेन  सरकारले भन्दा व्यापारीले बढी मूल्य दिँदा किसान उतै आकर्षित  धान उत्पादन बढेकै वर्ष सरकारी भण्डारमा खाद्यान्न अभाव  किसानको खेतमै पुगेर किन्न सुझाव  ३३ हजार टन खाद्यान्न मौज्दात गर्नुपर्नेमा १३ हजार टन मात्रै

सम्बन्धित सामग्री

किसानबाट पौने २ अर्ब रुपैयाँको धान खरिद गर्दै सरकार

सरकारले किसानबाट करिब पौने दुई अर्ब रूपैयाँको धान खरिद गर्ने भएको छ। किसानले उत्पादन गरेको धानको बजार सुनिश्चित गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब ५० हजार मेट्रिक टन धान खरिद गर्न लागेको छ।...

चैते धान खेती विस्तार गरिँदै

कैलालीमा यस वर्ष एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूह […]

खाद्यले सुरु गर्‍यो धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले धान खरिद सुरु गरेको छ । जिल्लाका अधिकांश किसानले सस्तो मूल्यमा धान बिक्री गरिसकेपछि कम्पनीले बाँकेमा न्यून कोटा निर्धारण गरी धान खरिद सुरु गरेको हो । समयमै धान खरिद नगर्दा जिल्लाका अधिकांश किसानले व्यापारीसँग धान बेचिसकेको बताउँदै किसानका समस्याप्रति सरकार उदासीन रहेको कृषकहरुको गुनासो छ । मंगलबार कम्पनीको […]

किसानसँग धान खरिद गर्दै सरकार

काठमाडौँ,३ पुष । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए । कम्पनीले यस […]

किसानका धान खरिद गर्दै सरकार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए । कम्पनीले यस वर्ष कञ्चनपुरमा नौ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उनले बताए । “गत वर्ष सात हजार क्विन्टल धान खरिद गरेका थियौँ यो वर्ष नौ हजार क्विन्टल खर

किसानका धान खरिद गर्दै सरकार

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए । कम्पनीले यस वर्ष कञ्चनपुरमा […]

सरकार मूल्य मात्रै तोक्छ, सस्तोमै धान बेच्न बाध्य छन् किसान

२६ मंसिर, काठमाडौं । गत कात्तिक मसान्तमा भर्खर धान भित्र्याएका कैलालीको बर्दगोरिया गाउँपालिका–१ का किसानले प्रतिक्विन्टल २१०० देखि २३०० सम्ममा स्थानीय व्यापारीलाई धान बिक्री गरे । धान बिक्री गरेका किसान मिथुन गौतमका अनुसार खेतमा फलेको धान भण्डारण गर्ने ठाउँ नभएपछि व्यापारीले चाहेकै मूल्यमा धान बिक्री गरिएको हो । ‘यहाँका सबै किसानले कात्तिक नसकिंदै धान बेचेर […]

इलाम : उम्मेदवारलाई भोट र किसानलाई धान थन्काउने चिन्ता

चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइ नभ्याइ छ । आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ । किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् । पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन् । जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन् । उनीहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउँला भन्ने भन्दा पनि यो पटक कति धान भित्

महँगोमा धान किन्दै सरकार, किसान हैन व्यापारी मालामाल !

अधिकांश किसानले व्यापारीलाई सस्तोमा धान बिक्री गरिसकेपछि बल्ल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान किन्न थालेको छ। खाद्यले मधेश प्रदेशको जनकपुर, लहान र वीरगन्जबाट पुस २८ देखि धान खरिद गरिरहेको छ। सरकारले सोना मन्सुली धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको छ। तर, स्थानीय किसानले व्यापारीलाई प्रतिक्विन्टल १ हजार ५ सयदेखि १८ सयसम्ममा बिक्री गरेका थिए। सरकारले समयमै जानकारी नदिँदा व्यापारीलाई सस्तोमा धान बेच्नुपरेको महोत्तरी लोहारपट्टि–६ कविलासाका किसान पुरन साहले बताए। ‘धान काटेको केही महिन...

उम्रिन थाल्यो डुबेको धान

कञ्चनपुरको बेलौरी नगरपालिकाका किसान असारेराम बडायतको काटिएको दुई बिघाको धान खेतमै डुबेको छ, तर उनले अझै आश मारेका छैनन् । अविरल वर्षाका कारण डुबेको धानमा टुसा उम्रिसके पनि उनी त्यसलाई कसरी भित्र्याउने भन्ने प्रयासमा लागेका छन् ।धानलाई डुबाएको खेतबाट पम्पसेटको सहायताले पानी निकास गराउँदै धान निकाल्ने प्रयासमा लागेका बडायतले भने, ‘सरकार क्षतिको विवरण संकलनमै व्यस्त छ तर किसानको धान अझै पानीमा डुबिरहेको छ, त्यसलाई बाहिर निकाल्नसमेत सहयोग छैन ।’ खेतमै डुबेको धानमा टुसा आइसकेको उनले बताए