मधेश प्रदेशमा सिटिजन्स बैंकका थप दुई शाखा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मधेश प्रदेशमा थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मधेश प्रदेशको सर्लाहीस्थित बरहथवा र वीरगञ्जको कृष्ण प्रणामी चोकमा शाखा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखा संख्या मधेश प्रदेशमा २९ र मुलुकभर १८२ पुगेको छ । बैंकका सबै शाखा सुविधासम्पन्न रहेकाले ग्राहकले आवश्यकताअनुसार वित्तीय सेवा लिन सक्ने बताइएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवा दिइने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । बैंकले हाल १३५ ओटा एटीएम र ९७ ओटा शाखारहित इकाइबाट कारोबार गर्दै आएको छ । बैंकका करीब १५ लाख ग्राहक छन् ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९०औँ शाखा इमाडोलमा सञ्चालनमा

काठमाडौं, १९ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औँ शाखा इमाडोलमा सञ्चालनमा ल्याएको छ । इमाडोलमा आज (मंगलबार) आयोजित एक कार्यक्रमका बिच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । यससँगै काठमाडौँ उपत्यका भित्र यस बैंकको ३८ वटा शाखाहरू र बागमती प्रदेशमा ५२ वटा शाखाहरू […]

सिटिजन्स बैंकद्वारा काठमाडौँको काँडाघारीमा १८३ औँ शाखा सञ्चालनमा

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८३ औँ शाखा काठमाडौँको काँडाघारीमा सञ्चालनमा ल्याएको छ। बुधबारबाट उक्त शाखा कार्यालयमा बैंकिङ कारोबारको सुरुवात गरिएको छ। यससँगै काठमाडौँ उपत्यकाभित्र सिटिजन्स बैंकको ३६ शाखा सञ्चालनमा आएका छन्। यस शाखामार्फत् ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट […]

सिटिजन्स बैंकका तीन शाखा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंका विभिन्न तीन स्थानमा शाखा विस्तार गरेर सेवा सञ्चालनमा ल्याएको छ ।बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडांैको धुम्बराही र ललितपुरको थसिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र बैंकका ३५ वटा शाखाहरु र बागमती प्रदेशमा ४९ वटा शाखा सञ्चालनमा रहेका छन् ।बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै […]

काठमाडाैं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उपत्यकामा तीन वटा शाखा कार्यालय विस्तार गरेको  छ । भक्तपुरको सूर्यविनायक, काठमाडौंंको धुम्बाराही र ललितपुरको थसिखेलमा शाखा कार्यालय विस्तार गरेको हो ।  यससँगै काठमाडाैं उपत्यकाभित्र बैंकको ३५ वटा शाखाहरु र बागमती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् ।

सिटिजन्स बैंकका तीन शाखा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौं जिल्लामा एकैसाथ तीन वटा शाखा सञ्चालनमा ल्याएको छ ।बैंकले काठमाडांैको ठूलो भ¥याङ, बुढानिलकण्ठ थलीमा गरी थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । यससँगै काठमाडांै उपत्यकामा बैंकका ३२ वटा शाखा सञ्चालनमा रहेका छन् । सुविधा सम्पन्न शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना […]

काठमाडौंमा सिटिजन्स बैंकका थप तीन शाखा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ठूलो भर्याङ, थली र बुढानीलकण्ठमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  थप तीनवटा शाखा सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा बैंकको शाखा संख्या...

सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ सेवा रुकुममा

सिटिजन्स बैंक इन्टरनेसनलले रुकुम पूर्वको भुमे गाउँपालिका ९ चुनवाङ ९६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । सो शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनी

सिटिजन्स बैंकको पूर्वी रुकुमको महतमा शाखा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पूर्वी रुकुमको भुमे गाउँपालिका, महतमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।...

ललितपुरको सुबानेमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको बागमती गाउँपालिकास्थित सिवानेमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।  बैंकले ९१ ओैँ शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । शाखा रहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकल...

रौतहटको गरुडामा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार

काठमाडौं, १७ बैशाख । रौतहटको गरुडामा सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखा कार्यालयमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको जनाएको छ । बैंकको अनुसार सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, […]