एमालेकाे भ्याकेट निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडाैं।कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारबाहीमा सर्वोच्चले रोक लगाएपछि परेको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदैछ।न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णालीका चार सांसदमाथि एमालेले गरेको कारबाही बदर गरी पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो।त्यसविरुद्ध एमालेले भ्याकेट निवेदन दिएको छ।अन्तरिम आदेशमा दलसम्बन्धी ऐनअनुसार सांसद एवं पार्टी सदस्यमाथि प्रष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटिलाई नभएको ठहर गरिएको थियो।

सम्बन्धित सामग्री

सांसद विकास कोष ब्युँताउने ‘भ्याकेट’ निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा पाँच करोडसम्मको खर्च पाउने गरी सरकारले अघि सारेको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनका लागि संघीय संसद सचिवालयले सर्वोच्चमा दर्ता गरेको ‘भ्याकेट’ निवेदनमा आज सुनुवाइ हुँदैछ । संसद सचिवालयको कानुन महाशाखाले माघको पहिलो साता सर्वोच्चमा सो विषयमा भ्याकेट निवेदन दर्ता गराएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रत्येक निर्वाचन […]

कृष्ण थापाको पद खारेजीको मागको भ्याकेट निवेदनमा आज सुनुवाइ हुँदै

काठमाण्डाै - राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेजीको माग गर्दै दर्ता भएको भ्याकेट निवेदनमा आज सुनुवाइ हुँदैछ । यसअघि जनमोर्चाले पार्टीको ह्वीप नमानेको भन्दै थापालाई हटाए पनि सर्वोच्च अदालतले पद थमौती गरिदिएपछि  सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले भ्याकेट निवेदन दिएका थिए । भ्याकेट निवेदनको सुनुवाइ  न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा हुने भएको छ । थापाले कांग्रेस र माओवादीको गठबन्धनलाई साथ नदिने अडान लिएपछि गण्डकीमा...