राप्रपाले पार्टीले चुनाव जिते ज्येष्ठ नागरिकलाई देशभित्र निःशुल्क धार्मिक यात्रा गराउने घोषणा गरेको छ । बुधबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो घोषणा गरेको हो । महिला हिंसा, दाइजो प्रथा तथा बाल विवाहको अन्त्य गर्ने तथा महिला सशक्तीकरण कार्यक्रमलाई प्राथमिकता दिँदै एकल तथा विदुर, शारीरिक र मानसिक रुपमा अशक्त, असहाय जेष्ठ नागरिकका लागि स्याहारसुसार हेरचाह र औषधि उपचारको व्यवस्था गर्ने पनि राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ । यसैगरी ज्येष्ठ नागरिकहरुले प्राप्त गर्ने से