काठमाण्डाै – राष्ट्रिय सभाका सांसद वामदेव गौतमले देशको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली भएको टिप्पणी गर्नुभएकाे छ । सांसद गौतमले देशमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गर्नुभएको हो । तर मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल प्रचण्ड रहेको उहाँको भनाइ थियो ।
राष्ट्रिय सभाको आज शुक्रवारको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उहाँले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिँदै भन्नुभयो, ‘यो ...