एमसीसी प्रिमियर कपको उपाधि नेपाललाई

काठमाडौँ – नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूएईले सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यूएईले दिएको ११८ रनको लक्ष्य लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०.३ ओभरमै भेटाएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन जोड्दा भीम सार्कीले ३६ रन जोडेका […]

सम्बन्धित सामग्री

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज एमसीसी प्रिमियर कपको उपाधि नेपाललाई, लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन, पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ, घरजग्गा कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय, उपेन्द्र यादवद्वारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण, नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै लगायतले प्रमुख स्थान पाए । एमसीसी प्रिमियर कपको उपाधि नेपाललाई नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि […]

रूपन्देही सुपर लिगको उपाधि एमसीसीलाई

मेलबर्न क्रिकेट क्लब (एमसीसी) ले शनिबार टेलिकम रूपन्देही सुपर लिगको उपाधि जितेको छ । फाइनल खेलमा एमसीसीले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले हराएर नवौं उपाधि जितेको छ ।

एमसीसीले जित्यो रुपन्देही सुपरलिगको उपाधि

भैरहवा – भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा बुद्ध क्रिकेट क्लबलाई नौ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ८ ओभरमा सबै विकेट गुमाउँदै २८ रन बनाएको थियो। जसका लागि अजय त्रिपाठीले […]

रुपन्देही सुपर लिगको उपाधि एमसीसीलाई

रुपन्देही । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि मेलबर्न क्रिकेट क्लब (एमसीसी)ले हात पारेको छ । शनिबार भएको फाइनलमा बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै एमसीसी उपाधि जित्न सफल भएको हो । योसँगै सुपर लिगको साढे दुई दशकको इतिहासमा एमसीसीले नवौंपटक उपाधि जितेको छ । उपाधिसँगै एमसीसीले नगद […]

एमसीसी नेपालका लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति

काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिने भएको छ । हालैको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा एमसीए नेपालका लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुन नसक्दा लामो समयदेखि अन्योलग्रस्त छ । एमसीए नेपालले कार्यक्रमहरू कार्यान्वयनका लागि भन्दै अर्थसँग थप बजेट मागेको थियो । आवश्यक बजेट प्रबन्धसहितको प्रस्ताव मन्त्रिपरिषद्मा गएसँगै त्यसबारे छलफल भई निर्णय भएको अर्थका अधिकारीहरूले बताएका छन् । मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयकै प्रस्तावमा दिगो खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गर्न फिनल्यान्ड सरकारबाट प्राप्त हुने ९ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने अर्थकै प्रस्तावमा नागरिक लगानी कोषको चुक्ता पूँजी वृद्धि गरी रू. ३ अर्ब २७ करोड कायम रहनेगरी स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले बुधवारको पत्रकार सम्मेलनमा जानकारी गराए । कोरोना संक्रमण बढ्दै गएकाले अक्सिजनलगायत मालवस्तुमा कर छूट दिने निर्णयसमेत गरेको छ । कोरोनालाई लक्षित गरेर सिलिन्डर आयातमा छूट दिने निर्णय गरेको उनको भनाइ छ । गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलको ३० वर्ष ननाघ्ने गरी यही वैशाख २१ गतेदेखि २०७९ साल वैशाख १८ गतेसम्म पदावधि थप गर्ने निर्णय गरेको छ । सरकारले गरेका निर्णयमा जसपाका कार्यकर्ताको मुद्दा फिर्ता लिनेदेखि त्रिदेशीय अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउने खेलाडी र प्रशिक्षकहरूलाई पुरस्कार दिनेसम्मका छन् । बुधवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गुरुङले मधेश आन्दोलनका क्रममा मुद्दा लागेका जनता समाजवादी पार्टीका १२० जना कार्यकताको मुद्दा फिर्ता लिइएको बताए । उनका अनुसार युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा त्रिदेशीय अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालका तर्पmबाट सहभागी विजेता २३ जना खेलाडीलाई प्रतिव्यक्ति ४ लाख तथा तीन जना प्रशिक्षकलाई जनही २ लाखका दरले प्रमाणपत्र र नगद रकमसहित सम्मान गर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । रक्षा मन्त्रालयको प्रस्तावमा भारतका प्रमुख रक्षा अध्यक्षलाई दुवै पक्षको आपसी सहमतिमा तयार हुने अनुकूल समयमा र श्रीमती र स्टाफ अधिकृतसहित नेपाल भ्रमणको औचारिक निमन्त्रणा पठाउन स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्बाट भएको छ भने वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा विभिन्न स्थानीय तहलाई जग्गा प्राप्तिको स्वीकृति दिने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा बदनियतपूर्ण अनुसन्धान वा अभियोजनको कसुरको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा अनुसन्धान गर्न अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून तथा फैसला कार्यान्वयन शाखाका हेर्ने सहसचिव र प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षक सचिवालयका प्रहरी नायब महानिरीक्षकलाई तोक्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता गुरुङको भनाइ छ ।