जारको पानी पनि नक्कली ! काठमाडौंबाट १९७ जारसहित २ पक्राउ

६ असार, काठमाडौं । विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट १९७ […]

सम्बन्धित सामग्री

ग्याँसमा दुई थरीको मूल्य निर्धारण गर्ने सरकारको तयारी

काठमाडौं।सरकारले ग्याँसको मूल्य औद्योगिक प्रयोजनका लागि छुट्टै र घरायसी प्रयोजनको लागि छुट्टै निर्धारण गर्ने तयारी गरेको छ। प्रतिनिधिसभामा आर्थिक विधेयक २०७९ बहुमतले पारित भएको छ। नक्कली जारको पानी बेच्ने २ जनालाई पक्राउ गरेको छ। बागमती प्रदेशमा चैतसम्म अनिवार्य रुपमा पठाओ, टुटल जस्ता ‘राइड सेयर’ दर्ता गर्नुपर्ने भएको छ। सिरहामा लागूऔषध र नगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली जारको पानी बेच्ने प्रहरीको फन्दामा, १९७ जार बरामद

काठमाडौँ- अन्य कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेच्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अरु कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेचेको आरोपमा प्रहरीले सर्लाही लालबन्दीका आशिष कार्की र चितवन रत्ननगरका किरण श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुको सथबाट दुईवटा डीआई गाडी र १९७ वटा पानीको जार समेत बरामद गरेको प्रहरीले जानकारी दिएको […]

काठमाडौंमा नक्कली जारको पानी बजारभरि छ्यापछ्याप्ती, २ जना पक्राउ

काठमाडौं । काठमाडौंमा विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर खानेपानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको आरोपमा  चितवनका किरण श्रेष्ठ  र सर्लाहीका आशिष कार्कीलाई साेमबार प्रहरीले पक्राउ गरेको हो ।  उनीहरुको साथबाट १९७ पानीको जार बरामद गरिएको प्रहरीका जनाएकाे छ । […]

गुणस्तरहीन जारको पानी बिक्री : १९७ जार बरामद, दुईजना पक्राउ

काठमाडौं । गुणस्तरहीन जारको पानी बेचेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । जार कम्पनीको ट्रेडमार्क प्रयोग गरेर पानी बेच्ने दुईजना १९७ जारसहित पक्राउ परेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।  पक्राउ पर्नेमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठ छन् । एसपी मैनालीले १९७ जार बरामद गरी...

मेयरकै संरक्षणमा ७ वटा ‘ट्रेड मार्क’ चोरी गरी जारको पानी बिक्रि

काठमाडौँको एउटा पानी उत्पादन गर्ने उद्योगले अर्कैको ब्राण्डको नाममा बजारमा पानी उपलब्ध गराउँदै आएको पाईएको छ । स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.ले अरु कम्पनीका ब्राण्डको नाममा बजारमा जारको पानी पठाउँदै आएको खुलेको हो ।आइतबार उक्त कम्पनीले पानी वितरणमा पठाएका बा.११च. ६०४५ र बा.६च. २८०४ नम्बरका २ वटा गाडीहरुमा अरु कम्पनीका ७ वटा ब्राण्डको नामका पानीको जार भेटिएको हो । नागार्जुङ नगरपालिका वडा नम्बर ५ सितापाईलाको । स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.ले बजारमा पठाएका १९७ जार पानी विभिन्न ७ वटा ब्राण्डका रहेका थिए ।अर्कै उद्योगले लिएको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेच्ने २ जनालाई नेपाल बोटल वाटर संघका पदाधिकारीको उजुरीमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठ रहेका छन् । उनीहरु गाडीको चालक मात्रै भएको र कम्पनीका मालिक को हुन् भन्ने खुलेको छैन ।आइतबार काठमाडौँ प्रहरीले २ वटा पानी ढुवानीका गाडी र जारसहित समातिएका २ जना चालकलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा बुझाएको थियो । विभागले आइतबारै आवश्यक पक्रिया सकेर ट्रेड मार्कको विषय उद्योग विभागको क्षेत्राधिकार भित्रको विषय भएको भन्दै उद्योग विभागमा पठाएको थियो ।उद्योग विभागको ट्रेड मार्क शाखामा उजुरी दर्ता भएको छ । विभागले आवश्यक प्रक्रिया थालिसकेको ट्रेड मार्क शाखाका निर्देशक सुरेशराज जोशीले जानकारी दिए ।स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.ले रोयल स्प्रिङ्ग मिनरल वाटर, जम्बलिङ ग्रुप इन्डष्ट्रिज, अन्नपूर्ण मिनरल वाटर, धनेश्वर थियर वाटर र डिबिङ्ग वाटर इन्टरप्राईजेन सहित अरु केही कम्पनीका ब्राण्ड दुरुपयोग गरी बजारमा पानी बेच्दै आएको थियो । उजुरी कर्ताहरुले आफूहरुको ब्राण्डमा गुणस्तरहीन पानी बिक्रि गरिएको भन्दै कारबाहीको माग गरेका थिए ।स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.मा नागार्जुङ नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतको पनि लगानी रहेको बुझिएको छ । यस विषयमा जानकारी लिन मेयर बस्नेतलाई फोन गर्दा उनको फोन अफ थियो ।

ट्रेडमार्क चोरेर उपत्यकामा नक्कली जारको पानी बिक्री, दुई जना पक्राउ

काठमाडौं उपत्यकामा जारको पानी समेत नक्कली हुने गरेको पाइएको छ। कम्पनी नै नभएकोहरुले अन्य कम्पनीको ट्रेडमार्क चोरी गरेर पानी बेच्ने गरेको भेटिएको हो।