काठमाडौं । काठमाडौंमा विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर खानेपानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको आरोपमा चितवनका किरण श्रेष्ठ र सर्लाहीका आशिष कार्कीलाई साेमबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १९७ पानीको जार बरामद गरिएको प्रहरीका जनाएकाे छ । […]