अधिकांश स्थानीय तहहरुले तोकिएकै समयमा बजेट सार्वजनिक गरेका छैनन् । संविधानत: सबै स्थानीय तहहरुले असार १० गते भित्रै आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको अनुमानित आय व्यय (बजेट) सार्वजनिक गर्नुपर्ने प्रावधान रहेपनि ९४ प्रतिशत माथि स्थानीय तहहरुले हालसम्म पनि बजेट सार्वजनिक नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।यद्यपि, कतिपय स्थानीय तहहरुले बजेट सार्वजनिक गरेर पनि मन्त्रालयमा सूचना नपठाएकाले तथ्याङ्कमा कम देखिन गएको हो । मन्त्रालयका अनुसार प्रविष्ट गराएका स्थान