आफ्नै कर्मचारीले हैरान पारे जिसस प्रमुखलाई

कञ्चनपुर : जिल्ला समन्वय समिति कञ्चनपुरका समन्वय अधिकारी हुन् खेमप्रसाद चौधरी। उनी २०७८ पुस ९ गतेदेखि यहाँ कार्यरत छन्। त्यही कार्यालयका प्रमुख छन् फैरु तामाङ।तर, उनीहरूबीच अहिलेसम्म भेटघाट भएको छैन। ‘चौधरी मुख्यमन्त्रीको कार्यालयबाट रमाना लिएर यहाँ पुस ९ गते आएका हुन्,’ मंगलबार पत्रकार सम्मेलनमा समन्वय प्रमुख तामाङले भने, ‘कतिबेला आउँछन्, कतिबेला जान्छन्, कुनै पदाधिकारीलाई जानकारी छैन, पदाधिकारी र कार्यालयका कर्मचारीसँग समन्वय तथा भेटघाट पनि हुँदैन। दैनिक कार्यालयमा

सम्बन्धित सामग्री

कर्मचारीविहीन जिसस

७७ वटै जिल्लामा जिल्ला समन्वय समन्यव समिति (जिसस) अधिकारी उपसचिवसरहको कर्मचारी रहने व्यवस्था छ। तर ८० प्रतिशतभन्दा बढी जिल्लामा उपसचिवहरू जान मान्दैनन्, यसबाट अधिकांश जिल्लामा तल्लो तहको कर्मचारीले निमित्त चलाएका छन्।...

जिसस म्याग्दीको खाता रोक्का हुँदा कर्मचारी र जनप्रतिनिधिले पाएनन् तलब भत्ता

म्याग्दी : जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा विगत दुई महिनादेखि कर्मचारी र जनप्रतिनिधिहरूले तलब भत्ता खान पाएका छैनन्।आर्थिक वर्षको अन्त्य हुनै लाग्दा समेत खाता सञ्चालन नहुँदा विकास निर्माणका कामका भुक्तानी दिन र कर्मचारीले तलब खान समेत नपाएकाे जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्रबहादुर कटुवालले बताए।कटुवालका अनुसार तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्का सम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नस