रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्कीस समकक्षी रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ। उनीहरूबीच बुधबार फोनवार्ता भएको मस्कोले जनाएको छ। उनीहरूका बीचमा पछिल्लो समयमा युक्रेनमा विकसित परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ। रुस र युक्रेनकाबीचमा पछिल्लो समयमा विवाद उत्पन्न भएको छ। युक्रेनको पूर्वी भागमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ। अमेरिकासहितका पश्चिमा देशहरुले रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्नसक्ने बताइरहेका छन्। रुसी