काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न सर्वोच्चकाे आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो । अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनः स्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्कालका रोक्न आदेशको माग गर्दै अदालतमा रिट […]

सम्बन्धित सामग्री

लमजुङमा एक सय आठ फिटको महादेवको मूर्ति निर्माण हुँदै

लमजुङ । सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दीनदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो । संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ । काठमाडौँ र पोखराबाट कालिगढ ल्याएर निर्माण गरिरहेको तथा बालुवा र सिमेन्टले मात्र मूर्ति निर्माण गरिएको उनको भनाइ छ । मूर्तिका साथै महादेवको बाहन साँढे पनि निर्माण गरिएको छ । मूर्ति बनाउनका लागि मात्र हालसम्म करिब रु डेढ करोड खर्च भइसकेको समितिले जनाएको छ । समितिका अनुसार यसको अलवा सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ । यतिबेला जमिन सम्याउने र धारा निर्माणका लागि पर्खाल लगाउने कार्य भइरहेको छ । हालसम्म यी पूर्वाधारका लागि रु दुई लाख खर्च भइसकेको समितिका उपाध्यक्ष पोखरेलले बताए । यस समितिको नाममा रहेको ११ रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ । समितिको जग्गामा दुई सय २० केभी प्रसारण लाइन विद्युत्को तारमुनि पर्ने र १३ आना जमिनमा टावरसमेत राखेपछि साढे दुई वर्षअघि तारमुनि जमिन परेबापत विद्युत् प्राधिकरणबाट रु ७३ लाख र टावर राखेबापत रु ७२ लाख प्राप्त गरेको थियो । उक्त रकम प्राप्त भएपछि महादेवको मूर्ति, धारा र शिवलिङ्ग बनाउने योजना बनाएर विसं २०७८ वैशाखबाट महादेवको मूर्ति बनाउन थालिएको हो । हाल धारा र शिवलिङ्ग बनाउने कार्यसमेत अघि बढिरहेको समितिले जनाएको छ । समितिका अनुसार रु ७३ लाख बेँसीसहरमा एक बैंकमा १० वर्षका लागि मुद्धति खातामा राखिएको र सोबाट तीन–तीन महिनामा रु एक लाख ५० हजार ब्याज आउने गरेको छ । उक्त ब्याजबाट आएको रकम र टावर राखेबापतको रु ६३ लाखबाट थालनी गरिएको उक्त कार्यका लागि सुन्दरबजार नगरपालिकाको गत वर्ष र यस वर्ष गरी रु ३० लाख, खानेपानी तथा सरसफाइ एकाइ कार्यालयबाट धाराका लागि यस वर्ष रु १० लाख, सामाजिक विकास कार्यालयबाट रु १० लाख, पूर्वाधार विकास कार्यालयबाट रु २० लाख, राइनास नगरपालिकाबाट रु एक लाख ५० हजार समितिलाई सहयोग प्राप्त भएको समितिका उपाध्यक्ष पोखरेलले जानकारी दिए । त्यस्तै महादेवको मूर्ति स्थापनाका लागि चन्दा संकलन भइरहेको र अघिल्लो वर्षदेखि हालसम्म रु १४ लाख उठेको तथा धारा र शिवलिङ्ग बनाउनका लागि रु ११ हजार एक सय ११ लिएर आजीवन सदस्य बनाउने अभियान चलिरहेको समितिले जनाएको छ । यस अभियानबाट हालसम्म रु चार लाख बढी रकम उठेको र आजीवन सदस्य बन्ने व्यक्ति थपिँदै गएको समितिका उपाध्यक्ष पोखरेलले बताए । हिन्दू धर्म मान्ने मान्छे घट्दै गइरहेका बेलामा त्यसलाई रोक्न, हिन्दू धर्मको जगेर्ना गर्न यस्ता पूर्वाधार निर्माणले सहयोग पुग्ने अपेक्षाले निर्माण गरिएको उनको भनाइ छ । मर्स्याङ्दीनदीमा स्नान गर्न, सत्बिज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् । तीर्थस्थल बन्दै गएको मर्स्याङ्दीनदीमा यस्ता संरचना निर्माण भएपछि भक्तजन तथा तीर्थालु अन्यत्र जानु नपर्ने तथा टाढा–टाढाबाट समेत भक्तजन यहाँ आउने समितिले जनाएको छ । डुम्रे बेँसीसहर सडक नजिकै तथा लमजुङ र तनहुँको सिमाना पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँको व्यापार व्यवसायमा समेत टेवा पुग्ने स्थानीयको भनाइ छ । सो क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको छ । महादेवको मूर्ति तथा धारा र शिवलिङ्ग निर्माणले धार्मिकरूपमा मात्र नभई पर्यटकीय गन्तव्यसमेत बन्ने सुन्दरबजारका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए । त्यस्तै पाउँदी बजारको लोकप्रियतासमेत बढ्ने र धार्मिक तीर्थालु तथा पर्यटक आउँदा आम्दानी पनि हुने उनको भनाइ छ । जिल्लाकै एक प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र बन्ने नगरप्रमुख कोइरालाले बताए । रासस

काष्ठमण्डप : मूर्ति विवाद अदालतमा, लोकार्पण गर्दै राष्ट्रपति

२० चैत, काठमाडौं । मूर्तिबारेको विवादकै नटुङ्गिंदै पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण हुने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी नै सहभागी हुने गरी लोकार्पण कार्यक्रम तय भएपछि थप विवाद उत्पन्न भएको छ । काठमाडौं महानगगरपालिका वडा नम्बर २०ले लोकार्पण कार्यक्रम रोक्न माग गरेको छ । काठमाडौं महानगरपालिका, काष्ठमण्डप पुननिर्माण समिति, राष्ट्रपतिको कार्यालय, पुरातत्व विभाग लगायतलाई पत्राचार […]

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम  तत्काल रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले नयाँ मूर्ति राख्ने कार्य तत्काल रोक्न भन्दै सरकारका नाममा कारण...

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम रोक्न आदेश

काठमाडौँ– सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो। अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनःस्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्कालका रोक्न आदेशको माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका थिए। नयाँ […]

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो । अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनःस्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्कालका रोक्न आदेशको माग गर्र्दै अदालतमा रिट निवेदन दायर गरेका थिए ।    नयाँ बनाइएको काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ र चार कुनामा रहेको गणेशको मूर्ति नयाँ राख

लाहौरमा ढालियो ‘शेरे-पञ्जाब’ महाराजा रणजीत सिंहको प्रतिमा

काठमाडौँ- लाहोरमा महाराजा रणजीत सिंहको प्रतिमा पुन: एकपटक तोडफोड भएको छ। तेहरिक ए लब्बिक पाकिस्तान (टीएलपी) कार्यकर्ताहरुले महाराजा रणजीत सिंहको मूर्ति तोडफोड गरेको दाबी गरिएको छ। आक्रमणकारीले पहिले महाराजा रणजीत सिंहको बिरुद्धमा नारा लगाएका थिए भने त्यसपश्चात मूर्ति तोडेर भुइँमा फालेका थिए। यसैबीच घटनास्थलमा उपस्थित केही मानिसहरुले आक्रमणकारीलाई रोक्न समेत खोजेका थिए। मूर्तिमाथि आक्रमण गरेको […]

तामिलनाडुमा गरियो ‘कोरोना देवी’ पूजा

भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ। कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ।...

भूगोलपार्कमा मूर्ति प्रतिस्थापन कार्य रोक्न सर्वोच्च अदालतको आदेश

काठमााडौं । सर्वोच्च अदालतले काठमाडौँको भूगोलपार्कमा नेपालमा रातो मत्स्येन्द्रनाथ ल्याउने राजा नरेन्द्र्र देव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापूको मूर्ति प्रतिस्थापन गर्ने निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले शुक्रबार उक्त स्थापनमा मूर्ति निर्माणका लागि शिलान्यास गर्न...

कृष्णनगरमा शनिबारदेखि हट्यो कर्फ्यु

कपिलवस्तु : मूर्ति बिसर्जनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा लगाइएको कर्फ्यु प्रशासनले शनिबार बिहानदेखि हटाएको छ।  दीपावलीमा पूजा गरिएको गणेश÷लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। बुधबार राति १० बजेदेखि १ बजेस...